Aug 12 2026 | २०८३, साउन २७ गते

काठमाडौं–५ बाट एमालेले ईश्वर पोखरेललाई प्रतिनिधि सभा उम्मेदवार सिफारिस

काठमाडौं–५ बाट एमालेले ईश्वर पोखरेललाई प्रतिनिधि सभा उम्मेदवार सिफारिस

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २१ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २१ २०८२
  • काठमाडौं–५ बाट एमालेले ईश्वर पोखरेललाई प्रतिनिधि सभा उम्मेदवार सिफारिस

     काठमाडौँ -नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ क्षेत्रीय कमिटीले पार्टीका नेता ईश्वर पोखरेललाई फागुन २१ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ। 

    images

    क्षेत्र नम्बर ४ मा यसअघि उम्मेदवार हुँदै आएका पार्टीका अहिलेका सचिव राजन भट्टराई पनि क्षेत्र नम्बर ५ बाट यसपालि उम्मेदवार हुन चाहेका थिए तर सिफारिसमा परेनन्।

    यसको कारण छ।

    नेकपा एमालेभित्र अबको चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने चर्चा छ। 

    यदि गठबन्धन भएमा क्षेत्र नम्बर ४ मा गगन थापा उठ्न सक्छन्। यसअघि गगनले राजनलाई हराउँदै आएका छन्।

    गठबन्धन हुँदा आफूले टिकट नपाउने भन्दै राजन क्षेत्र नम्बर ५ मा उम्मेदवार हुन खोजेका थिए। त्यसैले क्षेत्र नम्बर ५ मा उनको चर्चासमेत भएको थियो। 

    राजनलाई उम्मेदवार बनाउन भन्दै नेता नारायण सिलवालले सुरूमा उम्मेदवार हुने आकांक्षासमेत राखेका थिएनन्।


    तर राजन क्षेत्र नम्बर ५ मा आउने चर्चाबीच उनको विरोध पनि हुन थाल्यो। आफ्नो क्षेत्र छाडेर नयाँ क्षेत्रमा आउन खोजेको भन्दै पार्टीका कतिपय नेताहरूले आलोचना गरे।

    ‘सचिव राजन भट्टराई यसपालि क्षेत्र नम्बर ५ मा उम्मेदवार हुन खोज्नुभएको थियो, त्यसैले सुरूमा नारायण सिलवालजीले उम्मेदवारमा आकांक्षा राख्नु भएन, पार्टीभित्र यसको विरोध भयो र ईश्वर पोखरेलजीको नाममा सर्वसहमति जुट्यो,’ एक नेताले जानकारि दिए।


    सचिव भट्टराईको नाम क्षेत्रीय कमिटीले सिफारिस नगर्ने अवस्था बनेपछि त्यहाँ विवाद भयो। अरू नेताहरूले आफूहरू पनि आकांक्षी हो भन्न थाले।

    ‘अनि नारायणजीले पनि म उम्मेदवार आकांक्षी हो भन्नुभयो, किरण शाह ठकुरी, दीपक निरौला, दीपेन्द्र श्रेष्ठ, शान्ति अधिकारीको नाम सिफारिस भएको छ। ईश्वर पोखरेल नउठेको खण्डमा मात्र उहाँहरूमध्ये एक जना उम्मेदवार हुने गरी सिफारिस गरिएको हो,’ ती नेताले भने।

    ईश्वरले काठमाडौं ५ बाट एक पटक मात्रै चुनाव जितेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट