Aug 12 2026 | २०८३, साउन २७ गते

चुनावी तालमेलमा कांग्रेस, एमाले र नेकपा सहमति नजिक

चुनावी तालमेलमा कांग्रेस, एमाले र नेकपा सहमति नजिक

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २१ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २१ २०८२
  • चुनावी तालमेलमा कांग्रेस, एमाले र नेकपा सहमति नजिक

    काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच तालमेल अन्तिम चरणमा पुगेको छ ।

    images

    जेनजी विद्रोहका कारण सत्ता गुमाएका कांग्रेस र एमालेले राष्ट्रिय सभा निर्वाचन, संसद् पुनर्स्थापना नभए फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल र सहकार्य गर्ने विषयमा निरन्तर छलफलमा छन् ।


    पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टी समेत चुनावी तालमेल र सहकार्यको विषयमा सहभागी भएको स्रोतको दाबी छ । कांग्रेस उच्च स्रोतका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई समेत सहभागी गराउने विषयमा लगभग सहमति नजिक पुगेको छ । सोमबार साँझसम्म भागबन्डा टुङ्गो लगाउने गरी दोस्रो तहका नेताहरू सक्रिय भएको बुझिएको छ ।

    'राष्ट्रियसभा सदस्य निर्वाचनमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच चुनावी तालमेल गर्ने विषयमा सहमति नजिक पुगेको छ । आज साँझसम्म टुङ्गो लाग्ला । तीन दलबिच चुनावी तालमेल गर्ने विषयमा कार्यवाहक सभापतिजीले छलफल गरिरहनुभएको छ’, स्रोतले भन्यो ।


    नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली एकता समाज भारतले आयोजना गरेको एकता सभा कार्यक्रममा भाग लिन अहिले नयाँ दिल्लीमा रहेका छन् । प्रचण्डले भारत जानु अगाडि एमालेका अध्यक्ष केपी ओलीसँग करिब आधा घण्टा छलफल गरेका थिए ।


    दुई नेताबिच भएको छलफलमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल तथा सहकार्यको विषयमा छलफल भएको थियो । तर नेकपाका नेता हरिबोल गजुरेलले 'अहिलेकै अवस्था एमालेसँग सहकार्य वा एकता भए आत्मघाती हुने बताएका छन् ।


    देशव्यापी रूपमा नेकपाको माहौल राम्रो बन्दै गएको छ । यस्तो अवस्थामा एमालेसँग चुनावी तालमेल वा एकता गरिए आत्मघाती हुन्छ । त्यतातिर हामी लाग्न हुँदैन’,  उनले भने ।

    रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उर्जामन्त्री तथा उज्यालो नेपालका संरक्षक समेत रहेका कुलमान घिसिङ एकजुट भएपछि कांग्रेस, एमाले र नेकपा दबाबमा रहेका छन् । पछिल्लो विषम परिस्थितिलाई मध्यनजर गरी देउवा, ओली र प्रचण्ड नजिकिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट