Aug 12 2026 | २०८३, साउन २७ गते

निजी क्षेत्रमाथि हुने आक्रमण निषेधित क्षेत्र घोषणा गर्ने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

निजी क्षेत्रमाथि हुने आक्रमण निषेधित क्षेत्र घोषणा गर्ने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २१ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २१ २०८२
  • निजी क्षेत्रमाथि हुने आक्रमण निषेधित क्षेत्र घोषणा गर्ने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

     काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले विषम परिस्थितिमा पनि मुलुकको अर्थतन्त्र जोगाउन भूमिका खेलेको निजी क्षेत्रप्रति आभार व्यक्त गर्दै निजी क्षेत्रमाथि हुने आक्रमणलाई निषेधित क्षेत्र घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

    images

    बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले कठिन परिस्थितिमा समेत निजी क्षेत्रले हिम्मत नहारेको उल्लेख गरिन्।

    'ढलेका निजी क्षेत्र फेरि उभिएपछि दोहोर्‍याएर ढल्दैनन् भन्ने प्रतिबद्धता हामी सबैले गर्नुपर्छ, उनले भनिन्।

    प्रधानमन्त्रीले निजी क्षेत्रमाथि भएका विध्वंसात्मक घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी दिइन्।

    साथै, नेपालमा पटक–पटक भएका राजनीतिक आन्दोलनले जनचासो समुचित रूपमा सम्बोधन गर्न नसकेको स्वीकार गर्दै राज्यको आचरण र व्यवहार न्यायपूर्ण हुन नसकेकोमा आत्मालोचना गरिन्।


    उनले लगानी सहजीकरणका लागि सरकारले थुप्रै काम गरिसकेको र विदेशमा लगानी गर्ने वातावरणसमेत बनेको दाबी गरिन्। सरकार सुशासनको जग बसाल्दै अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले मुलुक असफल हुनबाट जोगाउने सबैभन्दा प्रभावकारी उपाय निर्वाचन भएको बताइन्। 


    प्रधानमन्त्री कार्कीले देशमा चुनावको वातावरण बनिसकेको र प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते नै हुने स्पष्ट पारिन्।  निर्वाचन नै वर्तमान समस्याको अचुक औषधि हो, उनले भनिन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट