Aug 12 2026 | २०८३, साउन २७ गते

संसद् विघटनमा हाम्रो समर्थनमा भएको होइन : प्रचण्ड

संसद् विघटनमा हाम्रो समर्थनमा भएको होइन : प्रचण्ड

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २१ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २१ २०८२
  • संसद् विघटनमा हाम्रो समर्थनमा भएको होइन : प्रचण्ड

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी विद्रोहपछि प्रतिनिधिसभा विघटनमा आफूहरूको समर्थन नभएको बताएका छन् । नेपाली समाज भारतले सोमबार नयाँ दिल्लीमा गरेको एकता सन्देश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अन्तरिम सरकार गठन गर्ने विषयमा मात्रै सहजीकरण गरेको जिकिर गरे ।

    images


    ‘भदौ २३ र २४ गते राज्यबिहीनताको अवस्था थियो । अहिले के होला रु भोलि के होला भन्ने संशय थियो । भदौ २६ गते म र माधवजी रातभर बसेर परिस्थितिलाई सामान्यीकरण गर्न भूमिका खेल्यौँ’, उनले भने, ‘राष्ट्रपति र प्रधान सेनापतिले बोलाएपछि हामी दुई जना बसेर मेहनत गर्‍यौँ ।

    कामचलाउ प्रधानमन्त्री केपी ओलीजीको सिफारिसमा अन्तरिम सरकार बन्यो । तर संसद् विघटनमा सहमति भएको थिएन । राष्ट्रपतिले परिस्थितिको मूल्याङ्कन गरी प्रधानमन्त्री सुशीलाजीको सिफारिसमा संसद् विघटन भयो ।’

    प्रचण्डले तत्कालीन दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको कारण देश दुर्घटनामा परेको जिकिर गरे । कांग्रेस र एमालेले सहन नसकेर जबर्जस्ती आफूलाई सत्ताबाट हटाएको आरोप दोहोर्‍याए ।


    राम्रो गर्दा गर्दै दुई ठुला दलहरूले सहन सकेनन् । सरकारबाट हटाए । संविधान मिचेर हटाएको छ । यसको परिणाम राम्रो हुँदैन भनेर मैले संसदमा बोलेको थिएँ । तर उनीहरूले सुनेनन्’, उनले भने 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट