Aug 12 2026 | २०८३, साउन २७ गते

राष्ट्रिय सभा चुनावका लागि आन्तरिक छलफलमा व्यस्त प्रचण्ड

राष्ट्रिय सभा चुनावका लागि आन्तरिक छलफलमा व्यस्त प्रचण्ड

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २२ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २२ २०८२
  • राष्ट्रिय सभा चुनावका लागि आन्तरिक छलफलमा व्यस्त प्रचण्ड

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्नेबारे एकता प्रक्रियामा जोडिएका प्रमुख नेताहरूसँग छलफल गर्ने भएका छन् ।

    images

    पार्टीसँग सम्बन्धित बाहिरी कार्यक्रम रोकेर आन्तरिक छलफलमा जुटेका प्रचण्डले दिउँसो नेकपाका प्रमुख नेताहरूसँग छलफल गर्न लागेका हुन् ।


    उनले बिहान सहसंयोजक माधव कुमार नेपालसँग राष्ट्रिय सभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए । दिउँसो एकतामा जोडिएका १७ घटकका प्रमुखसँग छलफल गर्न लागिएको केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले जानकारी दिए ।

    ‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा आन्तरिक छलफल जारी नै छ । दिउँसो प्रमुख नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । पार्टीको तर्फबाट उम्मेदवार आज नै टुंग्याउनुपर्ने भएकाले उहाँ बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ’, उनले भने ।


    प्रचण्डले नेपाल, महिन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रञ्जिता श्रेष्ठ लगायतसँग छलफल भइसकेको बुझिएको छ । फागुन २० गते पदावधि सकिने १८ सिटका लागि निर्वाचन आयोगले माघ ११ गते निर्वाचन गर्दैछ ।


    आयोगले बुधबार बिहान १० देखि ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय दिएको छ । सम्मानजनक चुनावी तालमेल गर्ने सम्बन्धमा प्रचण्डले कांग्रेस, एमालेका नेताहरूसँग प्रचण्डले निरन्तर छलफल गरिरहेको नेताहरूको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट