Aug 12 2026 | २०८३, साउन २७ गते

एमालेको सचिवालय बैठक: उम्मेदवार चयनदेखि निर्वाचन परिचालनसम्म निर्णय

एमालेको सचिवालय बैठक: उम्मेदवार चयनदेखि निर्वाचन परिचालनसम्म निर्णय

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २२ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २२ २०८२
  • एमालेको सचिवालय बैठक: उम्मेदवार चयनदेखि निर्वाचन परिचालनसम्म निर्णय

     काठमाडौँ -नेकपा एमाले सचिवालयको जारी बैठकमा आठ वटा कार्यसूची प्रस्तुत गरिएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने पहिलो कार्यसूची छ।

    images

    राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, जसपा नेपालबीच सहकार्यबारे पनि छलफल हुनेछ।

    दोस्रो कार्यसूचीमा निर्वाचन घोषणा–पत्र तयारी समिति गठन गर्ने कार्यसूची छ।

    तेस्रोमा निर्वाचन परिचालन समिति गठन गर्ने कार्यसूची रहेको सचिव महेश बस्नेतले जानकारी दिए।

    यस्तै एमालेले आजको बैठकमा निर्वाचन केन्द्रित भूगोलको कार्य विभाजन पनि गर्ने छ।
    पाँचौं कार्यसूचीमा युवाकेन्द्रित निर्वाचन परिचालन रणनीति बनाउनेबारे पनि निर्णय हुने बस्नेतले बताए।

    संशोधित विधानअनुसार आजको बैठकले बागमती
    प्रदेश कमिटी, राजधानी प्रदेश कमिटी, सम्पर्क विशेष संगठन कमिटी गठन गर्ने छ।

    यस्तै बैठकले पार्टी नियमावली र नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधन गर्ने पनि बस्नेतले बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट