Aug 12 2026 | २०८३, साउन २७ गते

राजनीतिमा खुला संलग्नतापछि ऊर्जामन्त्री कुलमानलाई सरकार छाड्न प्रधानमन्त्रीको सुझाव

राजनीतिमा खुला संलग्नतापछि ऊर्जामन्त्री कुलमानलाई सरकार छाड्न प्रधानमन्त्रीको सुझाव

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २२ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २२ २०८२
  • राजनीतिमा खुला संलग्नतापछि ऊर्जामन्त्री कुलमानलाई सरकार छाड्न प्रधानमन्त्रीको सुझाव

     काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जामन्त्री कुलमान घिसिङलाई सरकार छाड्न सुझाव दिएकी छन्।

    images

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा कुलमानलाई सरकार छोड्दा राम्रो हुने भनेर सल्लाह दिएको स्रोतले बतायो। 

    ‘समयमै चुनावको वातावरण बनाउने काममा सरकारमा बसेर तपाईंले राम्रो गर्नुभएको  छ अब चुनावमा जाने र पार्टीको काममा लाग्ने भए जाँदा हुन्छ भनेर प्रधानमन्त्रीज्यूले सुझाव दिनुभएको हो,’  स्रोतले भन्यो।

    कुलमानले उज्यालो नेपाल पार्टी खोल्ने बेला राजिनामा दिन खोजेका थिए। तर त्यतिखेर प्रधानमन्त्री कार्कीले नै थालेका कामहरू सकेर मात्र जान भनेर रोकेकी थिइन्। उक्त पार्टीमा कुलमान संरक्षकमात्र बने।

    तर राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति हुनेगरी कुलमानले सहमति गरेपछि भने सरकारमा उनको बसाईलाई लिएर मन्त्रिपरिषदभित्रै र बाहिर प्रश्न उठ्न थालेका थिए। 

    चुनावका लागि बनेको गैरदलीय सरकारमा राजनीतिक दलको नेतृत्व तहमा पुगेको मानिस रहनु राम्रो हुन्न त्यसैले कुलमानलाई हटाउनुपर्छ भनेर मन्त्रिपरिषदभित्र मन्त्रीहरूले नै प्रधानमन्त्रीलाई सुझाव दिएको स्रोतले बतायो। मन्त्रिपरिषदभित्र मात्र होइन बाहिर पनि प्रश्न उठेपछि प्रधानमन्त्री कार्कीले कुलमानलाई सरकार छोड्न सुझाव दिएकी हुन्।

    घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने सहमति भएको छ। तर उनले शपथ लिइसकेका छैनन्। 


    कुलमान घिसिङ खुला रूपमा राजनीतिमा लागेको भएपनि अन्य मन्त्रीहरूको राजनीतिक दलबाट चुनाव लड्ने चर्चा छ। अन्य मन्त्रीहरूले खुला रूपमा चुनाव लड्ने? नलड्ने खुलाइसकेका छैनन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट