Aug 12 2026 | २०८३, साउन २७ गते

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २३ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २३ २०८२
  • सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

    काठमाडौँ -सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।

    images

    ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा आज विहान उनीहरुबीच भएको भेटमा आसन्न प्रतिनिधिसभा निर्वाचन , समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा कुराकानी भएको थियो।

    भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सम्पन्न गर्न सरकारले सम्पादन गर्नुपर्ने काम उच्च प्राथमिकताका साथ गरिरहेको जानकारी दिए।

    सो अवसरमा राप्रपा अध्यक्ष लिङ्देनले निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको बताएका थिए।

    सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले  निर्वाचनको वातावरणका लागि यसअघि प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट