Aug 12 2026 | २०८३, साउन २७ गते

गगन थापाले राष्ट्रियसभा उम्मेदवार छनोट र एमालेसँगको तालमेलमा फरक मत देखाए

गगन थापाले राष्ट्रियसभा उम्मेदवार छनोट र एमालेसँगको तालमेलमा फरक मत देखाए

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २३ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २३ २०८२
  • गगन थापाले राष्ट्रियसभा उम्मेदवार छनोट र एमालेसँगको तालमेलमा फरक मत देखाए

     काठमाडौँ -नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट र नेकपा एमालेसँगको तालमेलबारे फरक मत राखेका छन्। 

    images

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले पार्टीमा छलफल नगरी नेताहरूले खल्तीबाट छानेर उम्मेदवार टुंगो गरेको‍मा असहमति जनाएका हुन्।  

    केन्द्रीय कार्यसम्पादन समितिबाट नाम पारित गर्नै बाँकी छ। तर उम्मेदवारहरू मनोनयनपत्र बोकेर गइसक्नुभयो, 'महामन्त्री थापाले बैठकपछि पत्रकारहरूसँग भने, राष्ट्रिय सभाको उम्मेदवार चयन गर्दा केन्द्रीय समिति र संसदीय बोर्डको मानमर्दन गरियो।'

    उनले नेकपा एमालेसँगको तालमेको विषयमा पनि प्रश्न उठाएका छन्।

    'नेपाली कांग्रेस र नेकपा एमालेको गोजीको मान्छे राख्न त्यसअनुसार क्लस्टरको भागबन्डा गरिएको छ। क्लस्टर तोकेर नाम मिलाइएको छ, उनले भने। 

    उनले राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसले उम्मेदवार बनाएका ९ जनामध्ये ३ जना पार्टीका कुनै पनि कमिटीबाट सिफारिसमा नपरेको उल्लेख गरे। साथै यसरी उम्मेदवार छनोट गर्दा एक जना पनि जनजाति र मुस्लिम समुदायबाट नसमेटिएकोमा आपत्ति जनाए। 

    'नेताहरूको खल्तीको मान्छे सिफारिस गरियो। व्यक्तिगत सम्बन्धका आधारमा निर्णय गरियो, थापाले भने, 'मैले फरक मत दर्ज गरेको छु। नेपाली कांग्रेसभित्र प्रक्रिया र विधान मिच्दै जाँदा यहाँ आइपुगिएको हो। म र अर्का महामन्त्री विश्वप्रकाश शर्माको भूमिकालाई कर्नर गरिएको छ। घेराबन्दी गरिएको छ। मैले बैठकमा भनेको छु।

    यहाँको घेरा सानो छ। समर्थक र शुभेच्छुकको घेरा ठूलो छ। तपाईंहरूले मलाई फराकिलो घेरामा जान बाध्य पार्दै हुनुहुन्छ। संख्याका आधारमा गरिने घेरबन्दीले मलाई व्यक्तिगत रूपमा केही फरक पर्दैन।

    उनले नेकपा एमालेसँगको तालमेलभन्दा नेपाली कम्युनिस्ट पार्टीसँग तालमेल गरेको भए १५ सिट आउन सक्ने टिप्पणी गरे। हिजो बैठकमा नेपाली कम्युनिस्ट पार्टीसहितत सबैसँग तालमेल गर्ने भनियो। सिट ठूलो कुरा होइन। संविधान र देश ठूलो भनियो थापाले भने, आज एक सिटमा मिलेन। अनि संविधानभन्दा सिट ठूलो भनियो।

    राष्ट्रिय सभा निर्वाचनका लागि आज सातवटै प्रदेशमा १८ जना सांसद चयनका लागि उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालले क्रमशः ९,८ र १ सिटमा भागबन्डा गर्ने सहमति गरेका छन्। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट