Aug 12 2026 | २०८३, साउन २७ गते

एकता जोगाउन विष पनि पिउँछु’ — गगन थापा

एकता जोगाउन विष पनि पिउँछु’ — गगन थापा

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २३ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २३ २०८२
  • एकता जोगाउन विष पनि पिउँछु’ — गगन थापा

     काठमाडौँ -नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरूले चलाइरहेको
    अभियानले पार्टीलाई बलियो बनाउने बताएका छन्।

    images

    केहीले पार्टी फुटको हल्ला चलाइरहेको उल्लेख गर्दै उनले ‘कसैले चाहेर पनि पार्टी नफुट्ने’ बताएका हुन्।

    नेताहरू चन्द्र भण्डारी र सुनिल शर्मासँग कुराकानीका क्रममा महामन्त्री थापाले भने, ‘हाम्रो अभियानबाट पार्टी बलियो हुन्छ। कोही मानिसले पार्टी फुट्छ कि फुटाउँछन् कि भनेर भन्छन्। तपाईंहरूलाई साक्षी राखेर देशभरका कार्यकर्तालाई आश्वस्त बनाउँछु कि, पार्टी फुट्दैन। कसैले चाहेर पनि फुट्दैन। साँच्चै असजिलो अवस्था आयो भने त म आफू विष पिउँछु नि, एकतालाई जोगाउँछु।’

    उनले पार्टीलाई सान्दर्भिक बनाउन अभियान चलाइएको र त्यसैको प्रयास भइरहेको बताएका हुन्। नेकपा एमालेतर्फ लक्ष्य गर्दै उनले जेनजी आन्दोलन केही होइन भन्ने ढंगले एमालेले लिने गरेको पनि बताए। त्यसरी कांग्रेसले सोच्न नहुने उनको भनाइ थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट