रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भइरहेको छ।
उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचन लगायत विषयमा कुराकानी भइरहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज एकाबिहानै संवादमा, चुनावबारे कुनै आशंका छ र कुरा यहाँबाट सुरू भयो है,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रत्यक्षतर्फ उम्मेदवारी नजिकिँदै जाँदा दलहरूले संवाद तीव्र बनाएका छन्। बुधबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सगँ पनि राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता भएको थियो।
