Aug 12 2026 | २०८३, साउन २७ गते

ब्याकफुटबाट फ्रन्टफुटमा: विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट नाम फिर्ता लिएर प्रत्यक्ष चुनावतर्फ

ब्याकफुटबाट फ्रन्टफुटमा: विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट नाम फिर्ता लिएर प्रत्यक्ष चुनावतर्फ

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २७ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २७ २०८२
  • ब्याकफुटबाट फ्रन्टफुटमा: विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट नाम फिर्ता लिएर प्रत्यक्ष चुनावतर्फ

     काठमाडौ- राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहान्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। 
    आचार्यले आइतबार समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका हुन्। 

    images

    उनलाई रास्वपाले खस आर्यतर्फतको पहिलो नम्बरको समानुपातिकतर्फ सिफारिस गरेको थियो। रास्वपामा एकपछि अर्काले नाम फिर्ता लिने क्रम जारी छ। अहिलेसम्म १३ जनाले नाम फिर्ता लिइसकेका छन्।

    ‘पार्टीभित्रको आन्तरिक बेथिति होस वा समग्र राजनीति र देशको बेथिति सफा गर्ने लडाई लड्नका लागि पर्दा पछाडि जति काम गरे पनि एक दिन पर्दा च्यातेर अगाडि आउनै पर्छ। देशले विश्वास गर्ने  फेस बन्न जरूरी हुन्छ।

    ब्याकफुटको लडाइँ लड्नेहरू धेरैजसो टेकन फर ग्रान्टेड लिइन्छन् त्यसैले अब पालो फ्रन्ट फुटमा खेल्ने। समानुपातिक तर्फको बन्दसूचीको एक नम्बरमा रहेको मेरो नाम फिर्ता लिएर प्रत्यक्ष तर्फको यात्रा अघि बढाउँदै छु। साथ र सहयोगको अपेक्षा गर्दछु,’ आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट