नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री थापा र शर्माले उद्घाटन, सभापति देउवा अनुपस्थित
नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री थापा र शर्माले उद्घाटन, सभापति देउवा अनुपस्थित
कमठमाडौँ - नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन भएको छ।
पार्टीका दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन उद्घाटन गरेका हुन्।
उनीहरूले दियो बालेर र विरूवामा पानी हालेर महाधिवेशन उद्घाटन गरेका हुन्।
विशेष महाधिवेशन उद्घाटन समारोहमा भाग लिनका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्ता दिइएको थियो।
देउवा नगएपछि दुई महामन्त्रीले महाधिवेशन उद्घाटन गरेका हुन्।