Aug 12 2026 | २०८३, साउन २७ गते

पूर्वमन्त्रीको घोषणा: प्रदेशसभा छोडेर प्रतिनिधिसभा निर्वाचनमा जाने

पूर्वमन्त्रीको घोषणा: प्रदेशसभा छोडेर प्रतिनिधिसभा निर्वाचनमा जाने

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २७ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २७ २०८२
  • पूर्वमन्त्रीको घोषणा: प्रदेशसभा छोडेर प्रतिनिधिसभा निर्वाचनमा जाने

    बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार पूर्वमन्त्री धर्मबहादुर चौधरीले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर संघीय संसद्को निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
    र उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् । 

    images

    शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भंग गर्दै घिसिङले उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हालेका थिए । सोही दिन काठमाडौँमा आयोजित एक कार्यक्रममा चौधरी पनि उक्त पार्टीमा प्रवेश गरेका थिए ।


    नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट लुम्बिनी प्रदेश सभामा संसदीय दलका नेता रहेका चौधरीले अब संघीय सांसद चुनाव लड्ने रातोपाटीसँग बताएका हुन् । उनले भने, म हिजो मात्रै नयाँ पार्टीमा प्रवेश गरेको छु । अब प्रदेश सभाबाट राजीनामा दिएर संघीय चुनाव लड्ने हो ।


    नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबिचको विवादमा धर्मबहादुर चौधरी रञ्जिताको पक्षमा थिए । बर्दिया निर्वाचन क्षेत्र २ (२) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित चौधरी यसअघि भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारीमा थिए । उनले माघ ६ गते संघीय सांसदको उम्मेदवारी दर्ता गर्नुभन्दा एक–दुई दिनअघि नै प्रदेश सभा सदस्य पदबाट राजीनामा दिने जानकारी दिएका छन् । 


    केन्द्रमा श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) सँग सहकार्य गर्ने बताएपछि नाउपाभित्र विवाद चर्किएको थियो । लुम्बिनी प्रदेशमा साविक नाउपाका चार सांसदमध्ये तीन जना श्रेष्ठको पक्षमा देखिएका छन् । नाउपाकी प्रमुख सचेतक नरमाया ढकालका अनुसार पार्टी एकीकरणको पत्र निर्वाचन आयोग हुँदै प्रदेशमा आउने क्रममा छ, यद्यपि निर्वाचन आयोगबाट हालसम्म औपचारिक पत्र प्राप्त भइसकेको छैन । ढकालले निर्वाचन आयोगबाट एकीकरणको पत्र आएपछि लुम्बिनी प्रदेश सभामा आफूहरू नेकपा (एकीकृत समाजवादी) सँग समायोजन भएको जानकारी गराउने बताइन् ।

    यता लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले संघीय सांसदमा उम्मेदवारी दिने व्यक्तिले प्रदेश सभा सदस्य पदबाट अनिवार्य राजीनामा दिनुपर्ने स्पष्ट पारेका छन् । उनले राजीनामा नदिए निर्वाचन आयोगले उम्मेदवारी दर्ता नगर्ने बताए । 

    सचिव पुनले धर्मबहादुर चौधरी नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएको र प्रदेश सभाको अभिलेखमा सोही पार्टी कायम रहेकाले उनले पार्टी परित्याग गरेर उक्त पार्टीले कारबाहीका लागि निवेदन दिए उनको सांसद पद स्वतः खारेज हुन सक्ने बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट