Aug 12 2026 | २०८३, साउन २७ गते

गगन–विश्वप्रकाशलाई विनोद चौधरीको आग्रह: देशलाई विकासको खुड्किलामा पुर्‍याउनुस्

गगन–विश्वप्रकाशलाई विनोद चौधरीको आग्रह: देशलाई विकासको खुड्किलामा पुर्‍याउनुस्

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २७ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २७ २०८२
  • गगन–विश्वप्रकाशलाई विनोद चौधरीको आग्रह: देशलाई विकासको खुड्किलामा पुर्‍याउनुस्

     काठमाडौँ - नेपाली कांग्रेसका नेता विनोद चौधरीले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई देशलाई विकासको खुड्किलामा पुर्‍याउन अनुरोध गरेका छन्।

    images

    आइतबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले महामन्त्रीद्वयलाई सो अनुरोध गरेका हुन्। 

    ‘आज यो रथ यात्रालाई नछाड्नुस्, कुर्नै नसक्ने अवस्थामा पुगेको विकासको खुड्किलामा पुर्‍याउनुस्,’ उनले भने।

    जेनजी आन्दोलन भीडमात्रै नभई विकास र समाज परिवर्तनको पुकार पनि रहेको उनले बताए।

    ‘व्याप्त भ्रष्टाचार, उद्योग व्यवसाय क्षेत्रमा देखिएको विसंगती, सम्पूर्ण क्षेत्रमा जम्मा भएको भीड मात्रै थिएन, एउटा राष्ट्र परिवर्तनको पुकार थियो,’ उनले भने।
    उनले जेनजी आन्दोलनमा आफूसहित पीडित भए पनि ठूलो कुरा नभएको बताउँदै कांग्रेसले योग्य व्यक्तिहरूलाई भित्र्याउन नसकेको बताए|


    ‘हो त्यसमा कयौं तत्व पनि प्रवेश गरे। जसले कयौं महत्वपूर्ण संरचनाहरूलाई ध्वस्त पारे, कयौं त्यस्ता व्यक्ति, नेता, म लगायत कयौंले त्यसको पीडाबोध गर्नुपर्‍यो। तर त्यो ठूलो कुरा होइन। ठूलो कुरा हामीले ३५ वर्षको दौरानमा बाटो बिराएकै रहेछौं। हामीले एउटा यस्तो राजनीतिक प्रणालीको विकास गर्न सकेनौं जहाँ सिर्जनशील, योग्य र ट्यालेन्ट भएका व्यक्तिलाई हरकिसिमबाट ढोका खोलेर भित्र्याउन सकियोस्।’ 

    उनले अब आउने निर्वाचनमा ५० प्रतिशत युवा हुनुपर्ने पनि बताए।

    ‘नेपाली कांग्रेसमा अब आउने नेतृत्व दुबै महामन्त्रीज्यूलाई जसरी काँधमा देशभरिबाट विषम् परिस्थितिमा यो प्रकारको उपस्थितिका लागि जुन हौसला दिनुभयो, जोश र जाँगर दिनुभयो, त्यसका साथसाथै अबको अर्को चरण गम्भीर चरणमा पुगेको छ। कांग्रेसले कमसेकम ५० प्रतिशत युवाहरूलाई अब आउने निर्वाचनमा देखिन चाहन्छ। कांग्रेसले जेनजीका भावना बोकेका अनुहारलाई प्रतिनिधित्व गरेको रूपमा देख्न चहन्छ,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट