प्रतिनिधिसभा बैठक आज ११ बजे, निर्वाचन र मतदाता नामावली संशोधन विधेयक प्रस्तुत हुँदै
प्रतिनिधिसभा बैठक आज ११ बजे, निर्वाचन र मतदाता नामावली संशोधन विधेयक प्रस्तुत हुँदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि सिंहदरबारमा बिहान ११ बजे बस्ने भएको छ।
आजको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले 'प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने कार्यसूची निर्धारित गरिएको छ।
यसका साथै उक्त विधेयक औपचारिक रूपमा प्रस्तुत गर्ने, 'मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यसूची पनि आजको बैठकमा समावेश छ।
उल्लेखनीय छ, मंगलबारको बैठकमा आगामी आर्थिक वर्ष २०८३–०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि विस्तृत छलफल भएको थियो। सो छलफलमा सांसदहरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका थिए।
