फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा खर्च भयो ४ अर्ब ९६ करोड, एक मतदाताका लागि कति पर्यो ?
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा खर्च भयो ४ अर्ब ९६ करोड, एक मतदाताका लागि कति पर्यो ?
काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ।
मंगलबार प्रकाशित विज्ञप्तिमा आयोगले निर्वाचन सम्पन्न गर्न आयोग र मातहतका कार्यालयहरूबाट जम्मा ४ अर्ब ९६ करोड ८७ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको जनाएको छ।
निर्वाचनमा कुल १ करोड ८९ लाख तीन हजार ६८९ मतदाता दर्ता भएका थिए। सो आधारमा प्रतिमतदाता २६३ रुपैयाँ खर्च भएको आयोगको हिसाब छ।
उल्लेखनीय छ, सरकारले यस निर्वाचनका लागि आयोगलाई ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २०० रुपैयाँ विनियोजन गरेको थियो।
