Aug 12 2026 | २०८३, साउन २७ गते

लामिछानेको भारत भ्रमणमा भारतीय मिडियाको चासो, मोदीसँग भेटको सम्भावना

लामिछानेको भारत भ्रमणमा भारतीय मिडियाको चासो, मोदीसँग भेटको सम्भावना

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ११ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ११ २०८३
  • लामिछानेको भारत भ्रमणमा भारतीय मिडियाको चासो, मोदीसँग भेटको सम्भावना

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आसन्न भारत भ्रमण सम्बन्धी समाचार भारतीय मिडियाले चासोका साथ प्रकाशन गरेका छन् । लामिछाने दुई दिने भारत भ्रमणमा जान लागेको समाचारलाई भारतीय मिडियाले उत्सुकताका साथ प्रकाशन गरेका छन् । यद्यपि केही भारतीय सञ्चारमाध्यमले भ्रमणको मिति तय हुन बाँकी रहेको जनाएका छन् । लामिछाने जेठ १८ र १९ गते भारत भ्रमणमा रहने समाचार प्रकाशमा आएको छ । भारतीय अखबार ‘नवभारत टाइम्स’को अनलाइन संस्करणमा यसबारे विस्तृत समाचार प्रकाशन भएको छ ।

    images

    ‘लामिछाने यतिबेला नेपालको सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा कहलिएका छन् । देशमा उनको पार्टी रास्वपाको सरकार छ र बालेन शाह प्रधानमन्त्री छन्,’ समाचारमा भनिएको छ, ‘उनको दिल्ली भ्रमण यसर्थ पनि अहम् छ कि काठमाडौँमा रास्वपाको सत्ता आएपछि र बालेन शाह प्रधानमन्त्री भएपछि नेपाल र भारतका बिच कुनै उच्चस्तरीय भ्रमण भएको छैन । गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट रास्वपा सत्तामा आएपछि र बालेन शाह प्रधानमन्त्री भएपछि काठमाडौँ–दिल्ली सम्बन्ध सुधार हुने सङ्केत मिलेको तर त्यस्तो हुन नसकेको पनि नवभारत टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचारमा उल्लेख छ ।

    पछिल्लो समय लिपुलेकमाथि विवाद बढेको र व्यापारिक मुद्दामा पनि विवाद बढेको जिकिर गर्दै समाचारमा केही अधिकारीहरूको भ्रमण रद्द भएको परिस्थितिमा रवि लामिछानेको भ्रमण महत्त्वपूर्ण मानिएको जनाइएको छ ।

    अर्को भारतीय दैनिक अखबार ‘अमर उजाला’को अनलाइन संस्करणमा पनि यसबारे समाचार प्रकाशन भएको छ । लामिछानेले भारत भ्रमणका क्रममा उच्च अधिकारीहरू र भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्न सक्ने समाचारमा उल्लेख छ । हिन्दुस्थान समाचार एजेन्सीले पनि रवि लामिछानेको भारत भ्रमण सम्बन्धी समाचार प्रकाशन गरेको छ । समाचरमा भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि लामिछानेको भेटवार्ता हुन सक्ने सम्भावना औँल्याइएको छ । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट