आवश्यकताअनुसार प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ : सरकार प्रवक्ता पोखरेल
आवश्यकताअनुसार प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ : सरकार प्रवक्ता पोखरेल
काठमाडौँ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहले आवश्यकताअनुसार सम्बोधन गर्ने जानकारी दिएका छन्। सोमबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले 'गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले किन सम्बोधन नगर्ने' भनी सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता पोखरेलले भने, 'मन्त्रिपरिषद्मा आज यस विषयमा छलफल भएको छैन, तर जहाँ आवश्यक हुन्छ, प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुहुनेछ।' उनले सरकार हाल आगामी आर्थिक वर्षको बजेट तर्जुमा र पहिलो १०० दिनको कार्ययोजना कार्यान्वयनमा व्यस्त रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले उचित समय र स्थानमा आफ्ना धारणा राख्ने स्पष्ट पारे।
