Aug 12 2026 | २०८३, साउन २७ गते

राष्ट्रपति पौडेलद्वारा दुई चुनावसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा दुई चुनावसम्बन्धी विधेयक प्रमाणीकरण

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ १८ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ १८ २०८३
  • राष्ट्रपति पौडेलद्वारा दुई चुनावसम्बन्धी विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुईवटा विधेयकहरूमा गरी प्रमाणीकरण गरेका छन्।

    images

    राष्ट्रपति पौडेलले आइतबार मध्यराति नेपालको संविधानको धारा ११३ को उपधारा (२) अनुसार 'प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३' र 'मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३' प्रमाणीकरण गरेका हुन्।

    संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकबाट अनुमोदन भई प्रमाणीकरणका लागि राष्ट्रपति भवनमा पठाइएका यी दुवै विधेयकहरू स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सार्वजनिक गरेको आधिकारिक विज्ञप्तिमा उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट