Aug 12 2026 | २०८३, साउन २७ गते

सदनमा भएको अमर्यादित गतिविधिबारे छानबिन गर्न समिति गठन

सदनमा भएको अमर्यादित गतिविधिबारे छानबिन गर्न समिति गठन

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ १८ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ १८ २०८३
  • सदनमा भएको अमर्यादित गतिविधिबारे छानबिन गर्न समिति गठन

    काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको छ । आइतबारको बैठकमा केही सांसदहरूले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवं क्षति पुर्‍याउने कार्य गरेको भन्दै घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए ।

    images

    सात दिन भित्र सभामुख समक्ष प्रतिवेदन पेस भएपछि कारबाही हुनसक्ने बताए। उनले सदनमा अमर्यादित व्यवहार गर्नेमाथि प्रतिवेदन प्रतिनिधि सभा नियमावलीको नियम ३३ को उपनियम ४ अनुसार कारबाही हुने बताए।

    सो नियमावली अनुसार सभामुखले कारबाहीको आदेश दिनुभन्दा अगाडि सम्बन्धित सदस्यलाई आफ्नो सफाइ पेस गर्ने उचित मौका दिनुपर्ने उल्लेख छ।

     

    हिजो प्रतिनिधि सभा नियमावली पारित गर्दा विपक्षी दलका सांसदहरूले वेल घेर्नेदेखि सभामुखको माइक खोस्न प्रयास गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट