Aug 12 2026 | २०८३, साउन २७ गते

रास्वपा सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता

रास्वपा सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १९ २०८३
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १९ २०८३
  • रास्वपा सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ।

    images

    भारत भ्रमणमा रहेका सभापति लामिछानेले मंगलबार नयाँ दिल्लीमा जयशंकरसँग भेट गरेका हुन्।

    सो भेटबारे जयशंकरले आफ्नो सामाजिक सञ्जाल एक्समा जानकारी सार्वजनिक गर्दै दुई पक्षबीच विकास साझेदारीका विषयमा सार्थक छलफल भएको उल्लेख गरेका छन्।

    'आज दिल्लीमा नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लाग्यो। । हाम्रो वार्ता विकास साझेदारी र जनता–जनताबीचको  सम्बन्धमा केन्द्रित रह्यो। यी सम्बन्धहरूले दुई देशबीच विकास, प्रगति र समृद्धि अभिवृद्धि गर्नमा अहम् भूमिका निर्वाह गर्दछन्,' उनले लेखेका छन्।

    उल्लेखनीय छ, लामिछाने भारतीय जनता पार्टी (भाजपा) को औपचारिक निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा सहभागी छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट