मानवअधिकार आयोगको प्रतिवेदनप्रति ओली असन्तुष्ट
मानवअधिकार आयोगको प्रतिवेदनप्रति ओली असन्तुष्ट
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकार आयोगले भदौ २३ र २४ को घटनासम्बन्धी तयार पारेको प्रतिवेदनप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। घटनाको छानबिनका नाममा निश्चित व्यक्तिहरूलाई कारबाही गर्ने उद्देश्यले प्रतिवेदन तयार गरिएको भन्दै उनले आपत्ति जनाएका हुन्।
काठमाडौँमा बुधवारदेखि आरम्भ भएको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन्।
'मानवअधिकार आयोगले एउटा समिति गठन गर्यो । तर त्यसको प्रतिवेदन लामो समयसम्म सार्वजनिक भएन', ओलीले भने, 'छानबिन समितिका अध्यक्षले अब पनि सार्वजनिक नभए आफैँ सार्वजनिक गर्ने बताउनुपर्ने अवस्था आयो ।'
उनले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र अदालतको आदेशअनुसार सामाजिक सञ्जाल नियमन गरेको आरोपमा तत्कालीन सञ्चार मन्त्रीलाई समेत कारबाहीको सिफारिस गरिएको उल्लेख गर्दै अदालतको आदेश पालना गर्दा मानवअधिकार उल्लङ्घन कसरी हुन्छ भनी प्रश्न उठाए।
'पहिले नै व्यक्ति तोकियो र निश्चित मान्छेलाई फसाउने योजना बनाइयो । यो कहाँबाट आयो ? अचम्म लाग्छ — मानवअधिकार उल्लङ्घन कसरी भयो ?', ओलीले प्रश्न गरे, 'कसले गोली चलायो भन्ने कुनै प्रमाण र पुष्टि छैन ।
