Aug 12 2026 | २०८३, साउन २७ गते

मोदीसँगको वार्तापछि लामिछाने: साझा समृद्धिका लागि सहकार्य विस्तार आवश्यक

मोदीसँगको वार्तापछि लामिछाने: साझा समृद्धिका लागि सहकार्य विस्तार आवश्यक

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २० २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २० २०८३
  • मोदीसँगको वार्तापछि लामिछाने: साझा समृद्धिका लागि सहकार्य विस्तार आवश्यक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तालाई  उपयोगी र अर्थपूर्ण रहेको बताएका छन्।

    images

    भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग झण्डै एक घण्टासम्म चलेको वार्तापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै लामिछानेले नेपाल र भारतले विगतका अवरोधहरूलाई पछि छोड्दै विकास कूटनीतिको नवीन अध्यायतर्फ अग्रसर हुन सक्ने दृढ विश्वास व्यक्त गरेका छन्। उनले साझा सभ्यतागत सम्बन्ध, डिजिटल कनेक्टिभिटी र सहज आवागमनका माध्यमबाट दुवै देशबीच विश्वास र प्रगतिमा टेकेको सुदृढ साझेदारी निर्माण गर्न सकिने धारणा राखेका छन्। साथै नेपाल र भारतका नागरिकको साझा उन्नति तथा समृद्धिका लागि ती सम्भावनालाई व्यावहारिक धरातलमा उतार्न रास्वपा पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

    'हाम्रो साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोर तथा निर्बाध सम्पर्क विस्तारलाई प्राथमिकतामा राखेर प्रगति र पारस्परिक विश्वासमा आधारित मजबुत साझेदारी निर्माण गर्न सक्छौँ', मोदीसँगको भेटपछि लामिछानेले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

    उनले नेपाल र भारतका जनताको साझा हित र समृद्धिका लागि दुवै देशबीचको सहकार्यलाई थप प्रभावकारी एवं नतिजामुखी बनाउनु आजको आवश्यकता भएको औँल्याएका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट