Aug 12 2026 | २०८३, साउन २७ गते

गृहमन्त्री बनेमा दुई महिना बधाई दिन र तस्बिर खिच्न नआउन गुरूङको अनुरोध

गृहमन्त्री बनेमा दुई महिना बधाई दिन र तस्बिर खिच्न नआउन गुरूङको अनुरोध

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २४ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २४ २०८३
  • गृहमन्त्री बनेमा दुई महिना बधाई दिन र तस्बिर खिच्न नआउन गुरूङको अनुरोध

    काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरूङले पुनः गृहमन्त्री बनेमा सुरूका दुई महिनासम्म बधाई दिन र तस्बिर खिच्न नआउन आग्रह गरेका छन् ।

    images

    आइतबार रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले छानबिन समितिबाट सफाइ पाएर सरकारले पुनः जिम्मेवारी दिएमा कार्यमा पूर्ण समर्पित रहने बताए ।

    'यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामका लागि सुरूका दुई महिना कोही पनि नआइदिनुहोला,' उनले भने ।

    सांसद गुरूङले छानबिन समितिसमक्ष बयान दिँदाको एक रोचक प्रसंग पनि सार्वजनिक गरे । समितिले सम्पत्तिको स्रोत सोधेपछि उनले समितिका सदस्यहरूकै सम्पत्ति छानबिन गर्ने प्रतिप्रश्न गरेको उनले जानकारी दिए ।

    यसका साथै उनले पार्टी संगठनबारे धारणा राख्दै नवनिर्वाचित जिल्ला सभापति राजधानी केन्द्रित नभई जिल्लामै बसेर पार्टी गतिविधि सञ्चालन गर्नुपर्ने जोड दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट