Aug 12 2026 | २०८३, साउन २७ गते

सभापति लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक, विपक्षी दल अनुपस्थित

सभापति लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक, विपक्षी दल अनुपस्थित

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २५ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २५ २०८३
  • सभापति लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक, विपक्षी दल अनुपस्थित

    काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक प्रारम्भ भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पहलमा सोमबार बिहान सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक आयोजना गरिएको हो ।

    images

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, लामिछानेसहित रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, नेताहरू विपीन आचार्य र दीपक बोहोरा उपस्थित छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन बैठकमा सम्मिलित छन् । तथापि, विपक्षी दल श्रम संस्कृति पार्टीका तर्फबाट बैठकमा कुनै प्रतिनिधि सहभागी भएका छैनन् ।

    यस्तै, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेत्री शाहजान खातुन, राष्ट्रिय प्रजातन्तर पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुश्बु ओली बैठकमा उपस्थित भएका छन् । जसपा नेपालका तर्फबाट राष्ट्रियसभा सदस्य मोहम्मद खालिद पनि बैठकमा सहभागी रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट