Aug 12 2026 | २०८३, साउन २७ गते

प्रतिपक्ष कमजोर छ भन्दैमा शक्ति पृथकीकरणको सिद्धान्त भत्काउने काम नहोस्' — राजेन्द्र लिङ्देन

प्रतिपक्ष कमजोर छ भन्दैमा शक्ति पृथकीकरणको सिद्धान्त भत्काउने काम नहोस्' — राजेन्द्र लिङ्देन

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २५ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २५ २०८३
  • प्रतिपक्ष कमजोर छ भन्दैमा शक्ति पृथकीकरणको सिद्धान्त भत्काउने काम नहोस्' —  राजेन्द्र लिङ्देन

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले गणितीय बहुमतको भरमा संवैधानिक सीमा र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर पार्न खोजेको आरोप लगाएका छन् ।

    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले सरकारका प्रारम्भिक संकेतहरू सकारात्मक नदेखिएको बताए । लामिछानेको भारत भ्रमण र सरकारको कामकारबाहीमा केन्द्रित उक्त बैठकमा दलहरूबीच छलफलको सुरुवात भएकोमा उनले सन्तोष व्यक्त गरे ।

    'दलहरूबीच संवाद हुनु राम्रो हो, तर भारत भ्रमणअघि नै यस्तो छलफल भएको भए अझ परिपक्वता देखिन्थ्यो र अनावश्यक टिप्पणीको वातावरण बन्दैनथ्यो,' लिङ्देनले भने ।

    संसद्मा प्रतिपक्षको संख्या कम भएकै कारण सरकारले आफूलाई विकल्पहीन नठान्न उनले सुझाव दिए । 'प्रतिपक्ष गणितीय हिसाबले कमजोर छ भन्दैमा नियन्त्रण र सन्तुलनको व्यवस्थालाई भत्काउने काम हुनु हुँदैन । वैदेशिक सम्बन्धमा अपरिपक्व व्यवहार मुलुककै लागि घातक हुनसक्छ,' उनले थपे ।

    सभापति लामिछानेले भारतमा दिएको 'हामी विगतको भारी बोक्दैनौँ' भन्ने अभिव्यक्तिप्रति पनि लिङ्देनले वैदेशिक सम्बन्धमा थप संवेदनशीलता अपनाउन सुझाव दिए ।

    उनले सर्वदलीय बैठकमा संसद्को हालको गतिरोध अन्त्य गर्ने विषयमा कुनै छलफल नभएको र बैठक मुख्यतः लामिछानेको विदेश भ्रमणको ब्रिफिङ र सरकारको समीक्षामा मात्र सीमित रहेको बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट