क्लिन चिटपछि सुधन गुरुङ पुनः गृहमन्त्री, आजै सपथग्रहण
क्लिन चिटपछि सुधन गुरुङ पुनः गृहमन्त्री, आजै सपथग्रहण
काठमाडौं । सम्पत्ति विवादमा परी गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका सुधन गुरुङ छानबिन समितिको क्लिन चिटपछि पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । आजै उनको सपथग्रहण हुने भएको छ।
यसअघि सम्पत्तिलगायत विभिन्न विवादमा नाम तानिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । सरकारले उनीमाथि छानबिन गर्न एक समिति गठन गरेको थियो । उक्त समितिले क्लिन चिट प्रदान गरेपछि गुरुङलाई गृहमन्त्रालयमा फर्काउने निर्णय गरिएको हो ।
पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारीको नेतृत्वमा गठित छानबिन समितिले गुरुङको सम्पत्तिमा विवाद गर्नुपर्ने कुनै आधार नरहेको निष्कर्ष निकालेको छ । समितिका अनुसार गुरुङसँग रहेको सुन पुर्ख्याैली सम्पत्ति हो भने जग्गा खरिदमा देखिएको अनियमितता व्यक्तिगत नभई राज्यको प्रणालीगत कमजोरीको परिणाम रहेको उल्लेख गरिएको छ ।
