मन्त्रिपरिषद् बैठकका चार निर्णय
मन्त्रिपरिषद् बैठकका चार निर्णय
काठमाडौं । मन्त्रिपरिषद् बैठकले मंगलबार चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले निर्णयहरूको जानकारी दिँदै तल्लो अरुण, लोअर न्यादी खोला, घुन्सा खोला र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको, निजामती सेवा (सोह्रौं संशोधन) नियमावली २०८३ स्वीकृत गरिएको, विशालकुमार भण्डारी दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गरिएको तथा पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी छानबिन समितिको प्रतिवेदन ग्रहण गरिएको जानकारी दिए ।
