गृहमन्त्री गुरूङ माइतीघर पुगे, धर्नारत प्रदर्शनकारीका माग सम्बोधन गर्ने प्रतिबद्धता
गृहमन्त्री गुरूङ माइतीघर पुगे, धर्नारत प्रदर्शनकारीका माग सम्बोधन गर्ने प्रतिबद्धता
काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले माइतीघरमा विभिन्न मुद्दा बोकेर धर्ना बसेका प्रदर्शनकारीहरूसँग भेटवार्ता गरेका छन्। बिहीबार दिउँसो पौने ४ बजे काठमाडौंको माइतीघर मण्डल पुगेका मन्त्री गुरूङले प्रदर्शनकारीका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।
माइतीघरमा जबरजस्ती करणीका पीडितहरूसहित चुरे संरक्षण र "सरकार कोठा खाली छ" जस्ता विभिन्न मुद्दा उठाउँदै प्रदर्शनकारीहरू आन्दोलनरत रहेका छन्।
