Aug 12 2026 | २०८३, साउन २७ गते

सीमा सुरक्षामा सरकारमाथि साम्पाङको प्रश्न, रक्षामन्त्रीलाई संसदमा बोलाउन माग

सीमा सुरक्षामा सरकारमाथि साम्पाङको प्रश्न, रक्षामन्त्रीलाई संसदमा बोलाउन माग

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २९ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २९ २०८३
  • सीमा सुरक्षामा सरकारमाथि साम्पाङको प्रश्न, रक्षामन्त्रीलाई संसदमा बोलाउन माग

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले रक्षामन्त्रीलाई प्रतिनिधिसभामा उपस्थित गराउन सभामुखसँग माग गरेका छन्।

    images

    आजको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकलाई हप्काएको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै रक्षामन्त्रीको भूमिका र उपस्थितिबारे प्रश्न उठाए। उनले वर्तमान परिस्थितिमा रक्षामन्त्री कहाँ छन् भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

    प्रधानमन्त्री संसदमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गरेको ११ दिन बितिसक्दा पनि सम्बोधन नभएको साम्पाङले बताए।

    ‘यस बेला नेपालका रक्षामन्त्री कहाँ छन्? प्रधानमन्त्रीज्यू आउनुहुन्न भने अब रक्षामन्त्रीलाई बोलाइदिनुस्,’ उनले भने, ‘सभामुख महोदयले रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्‍यो। हामी दुई–चार वटा प्रश्न सोध्न चाहन्छौँ।’

    सीमा सुरक्षाको विषय उठाउँदै साम्पाङले नेपाली सेना सीमाक्षेत्रमा प्रभावकारी रूपमा परिचालन हुन नसकेको विषयमा प्रश्न उठाए।

    ‘हाम्रो नेपाली सेना चाँहि के कसम आएर सीमामा जानै नहुने गरी बसेको छ?’ उनले प्रश्न गर्दै भने, ‘नेपाली सेनाले सीमामा चिहाउन र अवलोकनसमेत गर्न नपाउने गरी नेपाल सरकारले कुनै करार वा सन्धि गरेको हो भने त्यसबारे संसदलाई जानकारी गराउनुपर्‍यो। कि त्यो करार–सन्धि हामीलाई संसदमा देखाइदिनुपर्‍यो।’

    खुला सीमा निरन्तर मिचिँदै आएको उल्लेख गर्दै उनले सीमाक्षेत्रमा नेपाली सेना किन परिचालन गर्न नसकिएको भन्ने विषयमा सरकारको जवाफ माग गरे। साथै, सदनमै गृहमन्त्री उपस्थित रहेकाले विशेष समय लिएर भए पनि यस विषयमा स्पष्ट उत्तर दिनुपर्ने उनको भनाइ थियो।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट