Aug 12 2026 | २०८३, साउन २७ गते

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा प्रस्थान, द्विपक्षीय वार्ता र लगानी सम्मेलनमा सहभागी हुने

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा प्रस्थान, द्विपक्षीय वार्ता र लगानी सम्मेलनमा सहभागी हुने

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ३१ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ३१ २०८३
  • परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा प्रस्थान, द्विपक्षीय वार्ता र लगानी सम्मेलनमा सहभागी हुने

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चारदिने भ्रमणमा आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन् ।

    images

    साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उनले छलफल गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री खनालको सम्मानमा दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् । मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ । रासस

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट