Aug 12 2026 | २०८३, साउन २७ गते

काठमाडौं महानगरको नयाँ नीति : बल प्रयोग होइन, त्रिपक्षीय साझेदारीमार्फत सुकुम्बासी बस्ती व्यवस्थापन

काठमाडौं महानगरको नयाँ नीति : बल प्रयोग होइन, त्रिपक्षीय साझेदारीमार्फत सुकुम्बासी बस्ती व्यवस्थापन

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ३१ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ३१ २०८३
  • काठमाडौं महानगरको नयाँ नीति : बल प्रयोग होइन, त्रिपक्षीय साझेदारीमार्फत सुकुम्बासी बस्ती व्यवस्थापन

    काठमाडौँ । काठमाडौं महानगरपालिकाले अवव्यवस्थित बसोवासी तथा नदी किनारका जोखिमपूर्ण बस्ती व्यवस्थापनका लागि नयाँ दृष्टिकोण अघि सारेको छ।

    images

    आइतबार आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाउने विषयमा सृजना भएको तनाव र विवादलाई मध्यनजर गर्दै बल प्रयोगभन्दा पनि संघीय र प्रदेश सरकारसँगको प्रत्यक्ष समन्वय, त्रि–पक्षीय साझेदारी र ‘सामूहिक आवास’ निर्माणको नीतिलाई केन्द्रमा राखेको बताइन्।

    जलमग्न र जोखिमपूर्ण नदी किनार तथा सार्वजनिक स्थलहरूमा वर्षौंदेखि बस्दै आएका अव्यवस्थित बसोवासीहरूको स्थानान्तरण र उचित पुनःस्थापना सधैं काठमाडौंको मुख्य सहरी चुनौती रहि आएको छ।

    नदी किनार तथा सार्वजनिक स्थानका जोखिमपूर्ण बस्तीहरूबाट नागरिकहरूको सुरक्षित उद्धार गरिने पनि डंगोलले बताइन्।

    उद्धारपश्चात उनीहरूको संरक्षण र व्यवस्थापकीय कार्य एकल प्रयासबाट असम्भव भएकाले, यस पटक महानगरले ‘निकायगत जिम्मेवारी’ स्पष्ट तोकेर संघीय सरकारसँग साझेदारी गर्ने योजना अघि सारेको छ।

    यसले अधिकार र दायित्वको अन्योलता हटेर कार्ययोजना चाँडै कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ।

    यस्तै, ‘सामूहिक आवास’ को अवधारणा पनि नीतिमा थपिएको छ।

    जसअन्तर्गत शहरका विपन्न, वास्तविक रूपमा विस्थापित भएका र असहाय नागरिक तथा परिवारहरूका लागि संघ र प्रदेश सरकारसँग समन्वय गरी उपयुक्त स्थान छनोट गरी सुरक्षित सामूहिक आवास भवनहरूको निर्माण र प्रबन्ध गरिनेछ। यसले सहरी गरिबलाई आवासको मौलिक हक सुनिश्चित गर्ने पहलकदमी लिएको छ।

    न्युज एजेन्सी नेपाल

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट