प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति हटाउन सांसद हर्कराज राईको माग
प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति हटाउन सांसद हर्कराज राईको माग
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति कहिले हटाइने हो भन्दै सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले प्रधानमन्त्रीको सो अभिव्यक्ति हटाउन सभामुखबाट आउने निर्देशनको आफू प्रतीक्षारत रहेको स्पष्ट पारे । यसका साथै, प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भई सदनलाई जवाफ दिनुहुने आफूलाई आशा रहेको पनि उनले उल्लेख गरे ।
उनले सुस्तामा भारतीय सुरक्षा फौज एसएसबी छिरेर आतङ्कित बनाउने गतिविधि भइरहेको भन्दै त्यसको विरोधमा माइतीघरमा युवाहरूले विरोध गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गर्न लागेकोमा आपत्ति जनाए ।
यस विषयमा उनले गृहमन्त्रीको ध्यानाकर्षणसमेत गराए । सांसद राईले विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाएर मोबाइलको हत्या गर्नेलाई नसिहत दिन तथा कैलालीमा टेम्पो गुल्टाउनेमाथि आवश्यक कारबाही गर्न माग गरे ।
