Aug 12 2026 | २०८३, साउन २७ गते

मनसुन पूर्वतयारीबारे सरकार मौन, सांसद गजुरेलको संसद्मा ध्यानाकर्षण

मनसुन पूर्वतयारीबारे सरकार मौन, सांसद गजुरेलको संसद्मा ध्यानाकर्षण

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २ २०८३
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २ २०८३
  • मनसुन पूर्वतयारीबारे सरकार मौन, सांसद गजुरेलको संसद्मा ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मनसुनजन्य प्राकृतिक प्रकोप र तातो हावाको जोखिमका सन्दर्भमा सरकारको पूर्वतयारी र कार्ययोजनाबारे संसद्लाई जानकारी दिन आग्रह गरेका छन्।

    images

    मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गजुरेलले मनसुनको दैलोमा पुगिसक्दा पनि राहत तथा उद्धारका लागि सरकारले गरिरहेको तयारीबारे कुनै ठोस जानकारी सार्वजनिक नभएको भन्दै ध्यानाकर्षण गराएका हुन्। मनसुनबारे छिमेकी मुलुक र क्षेत्रीय संयन्त्रले एक हप्ताको पूर्वानुमान सार्वजनिक गरेको उल्लेख गर्दै भोलि अपराह्नपछि नेपालको पूर्वी भाग कोशी प्रदेशबाट वर्षा सुरु हुने र भारी वर्षाको सम्भावना रहेको बताए।

    'गत मनसुनले ध्वस्त भएको पूर्वी भागको पूर्वाधार पुनःनिर्माण अझै सम्पन्न भएको छैन। भोलिबाट लगातार एक हप्तासम्म हुने वर्षाले के अवस्था आउने हो, सोच्दा नै चिन्ता लाग्छ,' गजुरेलले भने। तथापि, नेपालको जल तथा मौसम विज्ञान विभागले यस्तो भारी वर्षाको पूर्वानुमानसम्बन्धी कुनै सूचना जारी गरेको छैन र सामान्य वर्षा हुने प्रक्षेपण गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट