रक्षामन्त्रीलाई बोलाइयोस्' : सांसद साम्पाङको सभामुखसँग आग्रह
रक्षामन्त्रीलाई बोलाइयोस्' : सांसद साम्पाङको सभामुखसँग आग्रह
काठमाडौं, श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले मन्त्रालयगत छलफलमा रक्षामन्त्रीलाई सदनमा उपस्थित गराउनुपर्ने माग राखेका छन् ।रक्षा मन्त्रालयको जिम्मा प्रधानमन्त्री बालेन शाह स्वयंले लिएका छन् । तर आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री शाह दुवै अनुपस्थित रहेका छन् ।
‘मन्त्रालयगत छलफलमा रक्षा मन्त्रालयबारे पनि कुरा गर्ने भनिएको थियो, तर रक्षामन्त्रीलाई मैले यहाँ देखेको छैन, उहाँलाई बोलाइयोस्,’ साम्पाङले सभामुख डोलप्रसाद अर्याललाई आजको बैठकमा बोल्दै आग्रह गरे ।
साथै उनले प्रधानमन्त्री शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने आफ्नो पार्टीको माग अझै कायम रहेको बताए ।
