Aug 12 2026 | २०८३, साउन २७ गते

रास्वपाको प्रथम महाधिवेशन: आज बन्दसत्रसँगै निर्वाचन प्रक्रिया अघि बढ्ने

रास्वपाको प्रथम महाधिवेशन: आज बन्दसत्रसँगै निर्वाचन प्रक्रिया अघि बढ्ने

एभरेष्ट हेडलाइन्स
सोमबार, असार ८ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, असार ८ २०८३
  • रास्वपाको प्रथम महाधिवेशन: आज बन्दसत्रसँगै निर्वाचन प्रक्रिया अघि बढ्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज बिहान ८ः३० बजेदेखि सुरु भएको छ । उद्योग सङ्घको प्रदर्शनी केन्द्र यस सत्रको स्थल बनेको छ, जहाँ रहेका तीन ठूला हलमध्ये दुई हलमा बन्दसत्र सञ्चालन भइरहेको छ भने बाँकी एक हलमा खाजा-खानाको प्रबन्ध गरिएको छ ।

    images

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरे, जसमा छलफल भयो । बिहान ९ः०० बजे कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् र त्यसमाथि छलफल पनि भइसकेको छ ।

    हाल बिहान १०ः०० बजेदेखि महामन्त्री कवीन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् र त्यसमाथि छलफल भइरहेको छ । बिहान १०ः४५ बजे पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराउने तालिका रहेको छ । ११ः४५ बजे पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गर्नेछन् । दिउँसो १२ः४५ बजे पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा गर्ने एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ ।

    खानापछि दिउँसो १ बजे निर्वाचन आयोगले निर्वाचन प्रक्रिया र समयतालिकाबारे जानकारी सार्वजनिक गर्नेछ । केन्द्रीय सदस्य राजन गौतमले आज र भोलि दुई दिनको खानाको व्यवस्था सोही स्थानमा गरिएको बताए । बन्दसत्रमा पार्टीका चार हजार २११ प्रतिनिधि, परिवेक्षक र स्वयंसेवक सहभागी हुने उनले जनाए ।

    केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो १ बजेपछि उम्मेदवारी फारम वितरण गरिनेछ । दिउँसो २ देखि ४ बजेसम्म मनोनयन दर्ता हुने र साँझ ६ बजे उम्मेदवारको सूची सार्वजनिक गरिने उनले बताए ।

    बेलुका ६ देखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी-विरोध दर्ता गराउन सकिने र ७ देखि ९ बजेसम्म त्यस्ता दाबीको जाँचबुझ गरिने उल्लेख छ । नामवापसीको अन्तिम समय रातिको ९ः१५ बजे तोकिएको छ भने अन्तिम नामावली रातिको ११ बजे प्रकाशन हुनेछ ।

    असार ९ गते मङ्गलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ, जसमार्फत एक सभापति र ९९ केन्द्रीय सदस्यको निर्वाचन गरिनेछ । मतदान सकिएको दुई घण्टापछि पहिलो चरणको मतगणना र परिणाम घोषणा हुने र त्यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने केसीले जानकारी दिए । महाधिवेशनको उद्घाटन सत्र शनिबार गेष्टहाउस चौरमा सम्पन्न भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट