Aug 12 2026 | २०८३, साउन २७ गते

रास्वपाको महाधिवेशनबाट प्रदेशसभा खारेजको निर्णय आए ठूलो भूल हुनेछ : डा. भट्टराई

रास्वपाको महाधिवेशनबाट प्रदेशसभा खारेजको निर्णय आए ठूलो भूल हुनेछ : डा. भट्टराई

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ११ २०८३
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ११ २०८३
  • रास्वपाको महाधिवेशनबाट प्रदेशसभा खारेजको निर्णय आए ठूलो भूल हुनेछ : डा. भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तामा रहेको रास्वपाले आफ्नो महाधिवेशनमार्फत प्रदेशसभा हटाउने र यसरी सङ्घीय व्यवस्थालाई नै कमजोर बनाउने निर्णय गर्ने हो भने त्यो एक गम्भीर त्रुटि हुने धारणा राखेका छन्।

    images

    सामाजिक सञ्जालमा राखेको प्रतिक्रियामा उनले उल्लेख गरेका छन्। विधिको हिसाबले एकातिर आफ्नै नेतृत्वको सकारले 'संविधान संशोधन बहसपत्र'तयार गर्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय अरूमाथि लाद्ने हो भने दलहरू, विभिन्न जातिहरू र आम जनसमुदाय बिचमा ठुलो विश्वासको सङ्कट पैदा हुनेछ र त्यसले देशलाई अनिष्टतिर धकेल्न सक्छ।

    उनले थप भनेका छन्– 'हाम्रो जस्तो जातीय राष्ट्रिय र क्षेत्रीय विविधतायुक्त मुलुकमा लामो बलिदानपूर्ण सङ्घर्षपछि निर्वाचित संविधानसभाबाट अधिकतम सहमतिसहित गरिएको पुरानो एकात्मक राज्यको सङ्घीय पुनर्संरचना जानेर नजानेर भत्काइयो भने त्यसले गम्भीर जातीय–क्षेत्रीय द्वन्द्व र अशान्ति सिर्जना गर्नेछ। जुन कसैको पनि हितमा हुनेछैन। त्यसैले 'नदुखेको कपाल डोरी लगाएर दुखाउन' सट्टा संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल चुपचाप सुशासन र विकास तिरै केन्द्रित हुनु बुद्धिमानी हुनेछ। जो मर्जी!'

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट