images

Sep 30 2026 | २०८३, असोज १४ गते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ११ २०८३
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ११ २०८३
  • भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    काठमाडौं। भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७०० जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले जानकारी दिएकी छन् । उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी पनि उनले दिइन् ।

    देशका विभिन्न क्षेत्रमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि दर्जनौँ भवनहरू भत्किएका छन् भने आपत्कालीन टोलीहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन् ।

    कार्यवाहक राष्ट्रपति रोड्रिग्जका अनुसार ला गुआइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ । उनले उक्त क्षेत्रले गम्भीर मानवीय सङ्कटको सामना गरिरहेको बताइन् ।

    उनका अनुसार धेरै भवनहरू ध्वस्त भएका छन् र भग्नावशेषमा फसेका मानिसहरूको उद्धारका लागि सुरक्षाकर्मी तथा आपत्कालीन टोलीहरू निरन्तर परिचालन गरिएका छन् ।

    रोड्रिग्जले ला गुआइरालाई विपद् प्रभावित क्षेत्रका रूपमा वर्णन गर्दै जीवन रक्षा अहिले सरकारको प्रमुख प्राथमिकता रहेको बताइन् । उनले उद्धारकर्मीहरू कठिन परिस्थितिमा मानिसहरूको ज्यान बचाउन निरन्तर प्रयासरत रहेको उल्लेख गरिन् ।

    सरकारले प्रभावित क्षेत्रमा राहत तथा उपचार सेवालाई तीव्र बनाएको छ भने क्षतिको वास्तविक विवरण संकलन गर्ने कार्य पनि जारी रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट