images

Oct 07 2026 | २०८३, असोज २१ गते

मन्त्री यादवद्वारा रास्वपा केन्द्रीय कार्यालयमा ‘नागरिक, नीति र नेतृत्व’ छलफल

मन्त्री यादवद्वारा रास्वपा केन्द्रीय कार्यालयमा ‘नागरिक, नीति र नेतृत्व’ छलफल

‘नागरिक, नीति र नेतृत्व’

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ५ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ५ २०८३
  • मन्त्री यादवद्वारा रास्वपा केन्द्रीय कार्यालयमा ‘नागरिक, नीति र नेतृत्व’ छलफल

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयमा आज ‘नागरिक, नीति र नेतृत्व’ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ। पार्टीले सञ्चालन गर्दै आएको यस कार्यक्रम अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पार्टीका केन्द्रीय सदस्य तथा सर्वसाधारण नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्नुभएको हो।

    छलफलका क्रममा समसामयिक विषय, नीति निर्माण र नेतृत्वसम्बन्धी विविध पक्षमा गहन विचार–विमर्श भएको थियो। सहभागीहरूले नागरिकका अपेक्षा, सार्वजनिक सेवा प्रवाह र सरकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा र सुझाव राखेका थिए।

    उल्लेखनीय छ, रास्वपाले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ भदौ महिनादेखि यो कार्यक्रम सुरु गरेको हो। कार्यक्रम अन्तर्गत सरकारमा सहभागी पार्टीका मन्त्रीहरूले महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद गर्ने गरिएको छ, जसमा नागरिकका गुनासा, समस्या र सुझावलाई सुनेर नीति निर्माण प्रक्रियासम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

    आजको कार्यक्रम पनि सोही श्रृंखलाअन्तर्गत आयोजना गरिएको थियो, जसमा मन्त्री यादवले नागरिकका कुरा सुन्नुका साथै पार्टीको नीतिगत धारणा प्रस्तुत गर्नुभएको छ। कार्यक्रमले नागरिक र नेतृत्वबीचको दूरी घटाई सार्वजनिक सेवालाई थप जवाफदेही र प्रभावकारी बनाउने पार्टीको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

    WhatsApp Image 2026-08-21 at 18.00.30.jpeg
    undefined

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट