images

Sep 30 2026 | २०८३, असोज १४ गते

खल्तीबाट नाम पठाउँदा विवाद: कर्णालीमा मन्त्री शपथ अलपत्र

खल्तीबाट नाम पठाउँदा विवाद: कर्णालीमा मन्त्री शपथ अलपत्र

कर्णालीमा मन्त्री शपथ अलपत्र

मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयलाई शपथका लागि समय माग गरेका थिए। सोहीअनुसार प्रदेश प्रमुखको कार्यालयले ११ बजेको समय तोकेको थियो। तर मुख्यमन्त्री शाहीले मन्त्रीको नाम सिफारिस गर्न सकेनन्। पछि मुख्यमन्त्री शाही स्वयंले नै शपथ कार्यक्रम स्थगन गरिदिन आग्रह गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

सोमबार, भदौ ८ २०८३
सोमबार, भदौ ८ २०८३
  • खल्तीबाट नाम पठाउँदा विवाद: कर्णालीमा मन्त्री शपथ अलपत्र

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलोका कारण कर्णालीमा तीन मन्त्रीको शपथ रोकिएको छ।

    कर्णाली सरकारमा सहभागी हुने तीन मन्त्रीको शपथ सोमबार बिहान ११ बजे तय गरिएको थियो। तर मन्त्री छनोटमा कुरा नमिलेपछि अन्तिम समयमा शपथ कार्यक्रम नै स्थगित गरिएको हो।

    मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयलाई शपथका लागि समय माग गरेका थिए। सोहीअनुसार प्रदेश प्रमुखको कार्यालयले ११ बजेको समय तोकेको थियो। तर मुख्यमन्त्री शाहीले मन्त्रीको नाम सिफारिस गर्न सकेनन्। पछि मुख्यमन्त्री शाही स्वयंले नै शपथ कार्यक्रम स्थगन गरिदिन आग्रह गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

    सत्ता साझेदार दल नेकपा एमाले र नेकपाबीच भएको सहमतिअनुसार कर्णाली प्रदेशमा नेकपाले पाएका तीन मन्त्रालय अझै रिक्त छन्। एमालेबाट एक साता अघि नै तीन मन्त्री नियुक्त भइसके पनि मुख्यमन्त्री शाहीले आफ्नै दलको किचलो मिलाउन सकिरहेका छैनन्। नेकपाले भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ।

    नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएको २८ दिन बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन। आज नेकपा सांसद एवम् पूर्वअर्थमन्त्री विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका लागि चर्चामा रहेको थियो।

    नेकपाका नेताहरूका अनुसार, साबिक समाजवादी धारले पनि प्रदेशमा आफ्नो भाग खोजेपछि विवाद चुलिएको हो। "साबिकको समाजवादी पक्षले पनि मन्त्रीमा दाबी त गरी नै रहेको छ," नेकपाका एक सांसदले भने, "नेकपाभित्र पनि आकांक्षीको भिड छ। दलको बैठकबाट टुंग्याउनुको साटो मुख्यमन्त्रीज्यूले खल्तीबाट नाम पठाउनु भएछ। त्यसैले विवादित बनेको हो।"

    नेकपामा सक्षमलाई मन्त्री बनाउनुको साटो सबैजसो सांसदलाई मन्त्रीको पालो पुर्‍याउन खोज्दा विवाद बढेको ती नेताले बताए। "मन्त्रीमा सक्षम मान्छेलाई पठाउने होला त? मूर्तिलाई मन्त्री बनाएर हुन्छ र? कुरा नमिलेको यहीनिर हो," ती नेताले भने।

    साबिकको समाजवादीबाट कर्णालीमा एक जना मात्रै प्रदेश सभा सदस्य छन्, तर तिनैलाई मन्त्री बनाउनुपर्ने भन्दै साबिक समाजवादी पक्षका नेताहरूले पहल गरिरहेका छन्, जसले विवादलाई थप जटिल बनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट