images

Oct 07 2026 | २०८३, असोज २१ गते

'महत्वाकांक्षा छैन' भन्दै रिजाल अन्ततः उपसभापति पदमा

'महत्वाकांक्षा छैन' भन्दै रिजाल अन्ततः उपसभापति पदमा

उपसभापति पदमा

मंगलबार, असोज २० २०८३
मंगलबार, असोज २० २०८३
  • 'महत्वाकांक्षा छैन' भन्दै रिजाल अन्ततः उपसभापति पदमा

    काठमाडौं, २० असोज — नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल उपसभापति पदमा प्रतिस्पर्धा गर्ने भएका छन्। उनले मंगलबार बिहान आफ्नो निवासमा आफू निकटका नेता–कार्यकर्ताहरूसँगको छलफलमा सो जानकारी गराएका हुन्। कांग्रेसको १५औं महाधिवेशनमा मनोनयन दर्ताको कार्यक्रम सुरु हुनुभन्दा केही समय अगाडिमात्रै रिजालले यो निष्कर्षमा पुगेका हुन्।

    मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका रिजालले त्यतिबेलैदेखि उपसभापति पदमा प्रतिस्पर्धा गर्ने चर्चा चलेको थियो, तर उनी आफैंले भने आफूलाई कुनै पनि पदको आकांक्षा नरहेको बताउँदै आएका थिए। "म महाधिवेशन स्थल वा चुनावी प्रचारमा कतै धाइनँ, सामाजिक सञ्जालमा पनि केही लेखिनँ," उनले अघिल्लो साता भनेका थिए, "क्षेत्रका साथीहरू तपाईं यहाँबाट प्रतिनिधि भएर जानुपर्छ भनेपछि हुन्न भन्ने कुरा भएन।"

    डा. रिजाल डा. शेखर कोइराला निकट नेता मानिन्छन्, जो पार्टीभित्रको आन्तरिक कलहका कारण यस महाधिवेशनबाट अलग रहेका छन्। उनी १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार थिए, जहाँ उनी गगनकुमार थापासँग पराजित भएका थिए।

    यसपटक कांग्रेसले उपसभापति पदको संख्या २ बाट बढाएर ४ पुर्‍याएको छ, जसअनुरूप यस पदका आकांक्षीको संख्या पनि बढ्दै गएको छ। रिजालसँगै विश्वप्रकाश शर्मा पनि उपसभापति पदमा उम्मेदवार बन्ने पक्का रहेको चर्चा छ। कांग्रेसका ७ हजार ११४ प्रतिनिधिले आजैदेखि उम्मेदवारी दर्ताको प्रक्रिया अगाडि बढाउँदै २९७ सदस्यीय जम्बो कार्यसमिति छान्ने तयारी गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट