images

Oct 16 2026 | २०८३, असोज ३० गते

तुषित इन्भेष्टमेन्टको बिट्स क्राफ्टमा लगानी

तुषित इन्भेष्टमेन्टको बिट्स क्राफ्टमा लगानी

सूचना प्रविधि कम्पनीमा अग्राधिकार सेयर लगानीको सम्झौता

शुक्रबार, असोज ३० २०८३
शुक्रबार, असोज ३० २०८३
  • तुषित इन्भेष्टमेन्टको बिट्स क्राफ्टमा लगानी

    काठमाडौं । तुषित इन्भेष्टमेन्ट लिमिटेडले सूचना प्रविधि तथा डिजिटलाइजेसन क्षेत्रको अग्रणी संस्था बिट्स क्राफ्ट प्राइभेट लिमिटेडमा लगानी गरेको छ । २०८३ आश्विन ७ गते आयोजित एक कार्यक्रममा तुषित इन्भेष्टमेन्टका तर्फबाट अध्यक्ष राकेश पोखरेल र बिट्स क्राफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेलबीच अग्राधिकार सेयरका रूपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

    तुषित इन्भेष्टमेन्ट देशभरका वित्तीय, बिमालगायत अन्य क्षेत्रमा कार्यरत पेशाकर्मीको पहलमा वि.सं. २०७९ असोज महिनामा स्थापित उदीयमान लगानी कम्पनी हो । कम्पनीले जलविद्युत्, पूर्वाधार तथा उत्पादनमूलक उद्योगसमेतका क्षेत्रमा लगानी गर्दै आएकोमा अब सूचना प्रविधि क्षेत्रमा पनि लगानी गर्ने भएको हो । कम्पनीले आफ्नो भगिनी संस्थामार्फत घरजग्गा कारोबारमा पनि उपस्थिति जनाएको छ । व्यावसायिक विशेषज्ञता र अनुशासित लगानीमार्फत देशको प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गर्दै देश तथा सेयरधनीको आर्थिक उन्नतिमा योगदान पुर्‍याउने कम्पनीको प्रतिबद्धता रहेको छ ।

    यसैगरी, वि.सं. २०६६ चैत्र महिनामा स्थापित बिट्स क्राफ्ट प्राइभेट लिमिटेडले बैंक, बिमालगायत विभिन्न क्षेत्रका लागि सूचना प्रविधिसँग सम्बन्धित सफ्टवेयर विकास तथा व्यावसायिक प्रणाली र समाधान (Business System and Solution) प्रदायकका रूपमा काम गर्दै आएको छ । कम्पनीले हाल लोकप्रिय बनेको 'कोइली' नामक भुक्तानी पुष्टि गर्ने उपकरणमार्फत देशका अधिकांश वित्तीय संस्थाको सहकार्यमा ४० हजारभन्दा बढी व्यवसायीलाई सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो व्यवसाय तीव्र गतिमा विस्तार गरिरहेको छ ।

     
     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार