images

May 17 2024 | २०८१, जेठ ४ गते

हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार ज्ञवालीलाई दिइने

हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार ज्ञवालीलाई दिइने

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २० २०७९
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २० २०७९
  • हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार ज्ञवालीलाई दिइने

    काठमाडौँ । अभिनव साहित्य समाजले यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार प्रा. डा. रामप्रसाद ज्ञवालीलाई प्रदान गर्ने भएको छ । 

    images
    images

    साहित्य र प्राध्यापन क्षेत्रमा सक्रिय ज्ञवालीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिले जानकारी दिए ।

    समाजले २०६५ देखि हरिप्रसादको जन्म महिना कात्तिकमा पुरस्कार वितरण गर्दै आएको छ । समाजले २०६५ देखि नै संस्कृति, दर्शन, ज्योतिष र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गर्दै आएको छ । पहिलो पटक २०६५ मा यो पुरस्कार प्राज्ञ डा जगमान गुरुङलाई प्रदान गरिएको थियो । 

    अध्यक्ष घिमिरेले २०६५ मा  चार लाख राखी अक्षयकोष स्थापना गरेका थिए । हरिप्रसाद राजधानीको उत्तरपूर्वी भेगमा ख्यातिप्राप्त ज्योतिषीका रुपमा स्थापित थिए । 

    पुरस्कार कात्तिक २६ गते शनिबार गोकर्णेश्वर नगरपालिका–५ स्थित भैरव स्मृति भवन, नयाँबस्तीमा आयोजना हुने दुई सय ४९ मासिक साहित्यिक शृङ्लाका अवसरमा प्रदान गरिने समाजले जनाएको छ । 

    पुरस्कारको राशी  ३० हजार नगद छ भने पुरस्कृत हुनेलाई दोसल्ला र अभिनन्दनपत्र प्रदान गरिनेछ । कार्यक्रममा सर्वानन्दा सरस्वतीजीको देशको खबर नामक गीत सङ्ग्रहको लोकार्पण हुने पनि समाजले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार