images

May 17 2024 | २०८१, जेठ ४ गते

वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो २१० रनको कठिन लक्ष्य 

वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो २१० रनको कठिन लक्ष्य 

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख २० २०८१
  • वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो २१० रनको कठिन लक्ष्य 

    वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको चौथो खेलमा नेपालले जितका लागि दुई सय १० रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ ।

    images
    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेरपहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा  दुई सय ९ रन बनायो । 

    स्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले अविजित ८४ रन बनाउनुभयो । यस्तै जोनसन चार्ल्सले ५८ र फाबिएन एलेनले अविजित ३३ रन बनाए । बलिङमा नेपालका कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए । 

    पाँच खेलको सिरिजमा अहिले वेस्ट इन्डिज ‘ए’ २–१ ले अगाडि छ । नेपाल पहिलो खेलमा चार विकेटले विजयी भएको थियो । दोस्रो खेल वेस्ट इन्डिजले १० रन र तेस्रो खेल ७६ रनले जितेको थियो । नेपाल आज जित निकाल्दै सिरिज बराबर गर्ने अभियानमा छ । वेस्ट इन्डिज ‘ए’ अन्तिम खेल अगावै सिरिज जित्ने लक्ष्यमा छ । 

    नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसन्न आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सिरिज खेलेको हो । विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा  भइसकेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट