images

May 17 2024 | २०८१, जेठ ४ गते

प्रवासमा नेपाली साहित्य

प्रवासमा नेपाली साहित्य

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • प्रवासमा नेपाली साहित्य

    आफूभित्र प्रस्फुटित भएका  विचार तरंगलाई भाव मार्फत अरूले बुझ्न सक्ने गरेर जनमानसमा व्यक्त गर्ने कला नै साहित्य हो । भावना व्यक्त गर्ने विभिन्न माध्यमहरू छन् । व्यक्तिमा उब्जेको तरंग तथा भावनालाई भाषामार्फत कलात्मक ढंगले अभिव्यक्ति दिनु नै साहित्य हाे ।  

    images
    images

    अर्को अर्थमा भन्नुपर्दा जस्वन जब र क्षितिजको परपरसम्म फैलिंदै जान्छ मानिसका अनुभव, ज्ञान र चिन्तनहरू तीव्रतर हुँदै अभिव्यक्तिका लागि छटपटाउन थाल्दछन् । सम्प्रेषणका लागि सुगमताका माध्यमको खोजी हुन थाल्छ फलस्वरूप भाषालाई घचघच्याउन थाल्छन् र यही भाषासँगको घचघचाई मथाइबाट नयाँ साहित्य सिर्जना हुन्छ ।    

    प्रवासमा रहेर आफ्नो रगत र पसिना विदेशी माटोमा सिंचिँदै गर्दा उनीहरूमा आएका उद्वेग उमंग भावना तरंगलाई समेटेर नेपाली भाषा तथा साहित्यको विकास विस्तार गर्ने हेतुले विभिन्न कार्यक्रम गरिंदै आएकाे छ । 

    नेपालबाट विभिन्न विधाका स्रष्टाहरू निम्त्याएर भानु जयन्ती, मोती जयन्ती तथा लक्ष्मी जयन्तीजस्ता कार्यक्रम गर्नु उनीहरुकाे कार्यतालिका नै हाे । उनीहरुले नेपाली साहित्यका महारथीहरूलाई सम्झिरहेका हुन्छन् । उनीहरुले सम्झेका मात्र होइन, उनीहरूको पहलले प्रवासमा रहेका भाषा तथा साहित्यप्रेमीहरूलाई ठूलो प्रेरणा तथा उत्साह थपिरहेका छन् ।

    यसबाट साहित्यप्रति चासो नराख्ने मानिसलाई समेत आकषिर्त गरेको उनीहरूमा साहित्यप्रतिको चाख र उत्प्रेरणा बढेको हरेक कार्यक्रममा उपस्थित व्यक्तिको चापले स्पष्ट संकेत गर्दछ । डायस्पोरामा रहेका साहित्य संस्थामा मासिक वाचन शृङ्खलाको सुरुवात गर्ने साहित्यिक संस्थामा पहिलो नम्बरमा कतारकै साहित्य संस्था पर्दछन् ।

    यस्ता वाचन शृङ्खलाको कार्यक्रमले पनि साहित्य अनुरागीलाई आफ्ना भावना व्यक्त गर्ने स्थल बनेको छ । कम्तीमा यसैको माध्यमबाट आफ्नो देश, भाषा र साहित्यलाई सम्झने कार्यसमेत प्रवासबाट भइरहेको छ । अझ यस्ता वाचन कार्यक्रमको पृथक् सञ्चालन शैलीले झन् श्रोता तथा वाचकहरूसमेतलाई कार्यक्रमको थप रोचकता थपेको हुन्छ ।

     यसरी देशबाहिर बसेर भाषा तथा साहित्यमा लागेर भाषा तथा साहित्यको उत्थानमा अनवरत लाग्नेलाई उत्साह र हौसला थप्ने कसले । पक्का पनि भाषा तथा साहित्यको जगेर्ना गर्ने मूल स्थल भनेको नेपाल प्रज्ञाप्रतिष्ठान हो । यी र यस्ता गतिविधि गर्दै आएका डायस्पोरामा रहेका साहित्यक संस्थालाई कम्तीमा नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा गरिने कार्यक्रममा सहभागी गराउने उद्देश्य र लक्ष्यसहित कार्यक्रम तर्जुमा गरेर सधैं एउटा मालामा उन्न सकेमा डायस्पोराको साहित्यिक यात्राले मात्र होइन, नेपाली साहित्यक पाटोले एक उपलब्धिमूलक यात्रा तय गर्ने थियो ।

    दक्षिण एसियाली देशहरूको साहित्यिक यात्रा केही हदसम्म देशको समग्र राजनीतिले प्रतक्ष्य या अप्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा यस्तो प्रभावबाट डायस्पोराका साहित्यकारहरू टाढै रहन सक्नुपर्दछ । उनीहरूले जुँगाको लडाइँ लडिरहनुभन्दा नेपाली साहित्यको विकास तथा विस्तारमा समय खर्चनु वेश हुन्छ । हिजो संस्कृतबाट सुरु भएको नेपाली भाषा साहित्यले नेपाली, अंग्रेजी तथा अन्य मातृ भाषामा पनि आउन थालेपछि भाषा र साहित्य अझ सम्पन्न बन्दै गएको सन्दर्भमा अब हामीले नेपाली भाषा साहित्यलाई अझ फराकिलो बनाउनका लागि एक कदम अगाडि अगि बढ्नु आवश्यक छ । नेपाली भाषा साहित्यलाई अरबी मुलुकमा चिनाउनका लागि पनि हामीले केही न केही गर्नैपर्ने आवश्यकता छ ।  

     नेपालको साहित्यिक पाटोलाई जताबाट हेरे पनि यसमा दार्जिलिङ्गी साहित्य पाटोलाई अलग्गै राखेर हेरियो भने यो अपूरो नै रहन्छ । त्यस्तै प्रकारले डायस्पोरामा रहेका साहित्यिक गतिविधिले पनि सम्बन्धित ठाउँका क्रियाकलापलाई विषयवस्तु बनाएर साहित्य सिर्जना गर्न सकेमा डायस्पोराका साहित्यिक संस्थाको उपलब्धिता आफैंमा रहन्छ । त्योभन्दा बढी नेपाली साहित्यको पर्खालमा एउटा इँटा थप्ने कामको सुरुआत यहाँबाट अवश्य हुन सक्दछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार