images

May 17 2024 | २०८१, जेठ ४ गते

सिटी एक्सप्रेस जापानले संचालनमा ल्यायो मोवाइल रेमिट्यान्स सेवा, घरबाटै वालेट मार्फत पैसा पठाउन सकिने

सिटी एक्सप्रेस जापानले संचालनमा ल्यायो मोवाइल रेमिट्यान्स सेवा, घरबाटै वालेट मार्फत पैसा पठाउन सकिने

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
  • सिटी एक्सप्रेस जापानले संचालनमा ल्यायो मोवाइल रेमिट्यान्स सेवा, घरबाटै वालेट मार्फत पैसा पठाउन सकिने

    काठमाडौं । सिटी एक्सप्रेस जापानले मोवाईल रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ। यसका लागि कम्पनीले मोवाइल एप्लिकेसन ‘सिटी मोवाइल वालेट’ सेवा सुरु गरेको छ। उक्त एप्लिसकेसन गुगल एप्सबाट सजिलै डाउनलोड गरी इमेलको मद्दतबाट रजिष्ट्रेसन गरी सेवा लिन सकिने कम्पनीले जनाएको छ।

    images
    images

    ‘सिटी मोवाइल वालेट’ नामक उक्त एप्लिकेसन मार्फत नयाँ रिसिभर थप गर्न र जुनसुकै समयमा संसारभरीबाट पैसा पठाउन मिल्ने व्यवस्था गरिएको छ। वालेटमा ३ तरिकाबाट रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ।

    सिटी वालेट कार्डमा जम्मा गरेको रकम आफु अनुकुल समय र जुनसुकै स्थानबाट एक क्लिकमा पठाउन सकिने विशेषता उक्त एप्लिकेसनमा रहेको कम्पनीले जनाएको छ।

    नयाँ एप्लिकेसनसँग कम्पनीले प्रयोगकर्तालाई रिवार्ड पोइन्टको पनि व्यवस्था गरेको छ। मोवाइल एप्लिकेसन डाउनलोड गरेर रजिष्ट्र पुरा हुनसाथ नयाँ सदश्यले ५ समय पोइन्ट रिवार्ड पाउने व्यवस्था पनि गरिएको छ। साथै साथीहरुद्ये नयाँ सदश्य बन्नका लागि सिफारिस गरेकमा थप ५०० रिवार्ड थपिने कम्पनीले जानकारी दिएको छ। यस्तै हेरेक पटक पैसा पठाउँदा सेवा शुल्कको १०५ पोइन्ट रिवार्ड प्राप्त गर्न सकिने छ।

    आधानुनिक प्रविधिलाई आत्मासाथ गर्दै ग्राहकको सुविधालाई ध्यानमा राखेर यस कम्पनीले बिगतमा जापानकै जेपी बैंकको एटिएमबाट जुनसुकै समयमा पनि सजिलै पैसा पठाउन मिल्ने व्यवस्था गरेको थियो। आफ्नो सेवालाई थप परिमार्जित र परिस्कृत गर्दै सिटी एक्प्रेसले पछिल्लो पटक डिजिटल मोबाईल रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ।

    विगतका प्रयोगकर्ताले एप्लिकेसन अपडेट गर्नसाथ उक्त सुविधा सुविधा पाउने छन्। यस सेवा मार्फत संसारभरीका २०० राष्ट्रहरुमा रकम पठाउँन सकिने व्यवस्था रहेको छ। घरमै वसेर सजिलै पैसा पठाउन मिल्ने सुविधा यस एप्लिकेसनमा थप गरिएको कम्पनीले जनाएको छ।

    सिटी एक्सेप्रेसको मोवाइल रेमिट सेवा मार्फत ग्राहकलाई अझै सहजता थपिएको सिटी एक्सप्रेस जपानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठले बताएका छन्। २००७ भन्दा अगाडी जपानबाट नेपालमा पैसा पठाउने कुनै पनि बैधानिक माध्यम नभएको समयमा सिटी एक्सप्रेसले त्यसको नेतृत्व लिएकाले आफुहरु नेपालकै दोस्रो ठुलो रेमिट कम्पनी बन्न सफल भएको उनले बताए।

    ‘सन २००७ बाट जपानबाट नेपालमा पैसा पठाउनका लागि कुनै पनि वैधानिक माध्यम थिएन। जपानबाट गैरकानुनी ढंगबाट नेपालमा पैसा पठाउँदा त्यसको वैधानिकता र थुप्रै जोखिमहरु थिए। तर, हामीले कानुनी माध्यमबाट पैसा पठाउनका लागि पहल गर्यौं। आज नेपालकै दोस्रो ठुलो रेमिट कम्पनी बन्न सफल भएका छौं। गत वर्ष नेपालमा १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। नेपाल भित्रिएको उक्त रेमिट्यान्समा हाम्रो हिस्सा २३ प्रतिशत छ। अहिले हामी नेपालकै सबैभन्दा बढी रेमिट ल्याउने दोस्रो स्थानमा छौ। अबको केही समयमा हामी पहिलो हुन्छौं’ उनले भने।

    नेपालमा स्थापना भएको यस कम्पनीले जपान, कोरिया, मलेसिया तथा मध्यपूर्वि एसियाका देशहरु कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेविया लगायतका देशहरुबाट समेत आफ्नो सेवा दिइरहेको उनले बताए।

    यस्तै युरोपका देशहरु र संयुक्त राज्य अमेरिकासँग रेमिट्यान्स कारोबारका लागि लाइसेन्स लिने प्रकृया अगाडी बढेको श्रेष्ठले बताए।सिटी एक्स्प्रेस मनी ट्रान्सफरले जापानमा बिगत १३ बर्षदेखि आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट