images

May 17 2024 | २०८१, जेठ ४ गते

क्षमतासँगै लगानी विस्तार गर्दै जय अम्बे स्टिल्स

क्षमतासँगै लगानी विस्तार गर्दै जय अम्बे स्टिल्स

आफ्नो उत्पादनबाट ५३ अर्ब ७० करोड रुपैयाँको व्यापार गर्ने लक्ष्य

जय अम्बे स्टिल्स अम्बे स्टिल्सको ब्राण्डमा उत्पादन हुने टीएमटी बार, बाइन्डिङ वायर्स र जीआइ वायर्स उत्पादन सहायक कम्पनी हो। कम्पनीले टीएमटीलाई आवश्यक बिलेट आफैं उत्पादन गर्छ।

शुक्रबार, भदौ १५ २०८०
शुक्रबार, भदौ १५ २०८०
  • क्षमतासँगै लगानी विस्तार गर्दै जय अम्बे स्टिल्स

    काठमाडाै‌ँ । पछिल्लाे समय आफ्नाे छुट्टै पहिचान बनाउन सफल जय अम्बे स्टिल्सले  क्षमतासँगै लगानी विस्तार गर्ने याेजना लिएकाे छ । क्षमता विस्तारका लागि कम्पनीले आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पारेको छ। कम्पनीले तयार पारेको रिपोर्ट सरकारले सार्वजनिक गरेको छ। 

    images
    images

    उद्योगले अहिले वार्षिक ४० हजार मेट्रिक टन एमएस रोड (टीएमटी), च्यानल, एंगल, स्वायर, फ्ल्याट र स्ट्रिप उत्पादन गर्दै आएको थियो। उद्योग क्षमता विस्तार गरी रिहिटिङ फर्नेस प्रविधिलाई समेत परिवर्तन गरेर इन्डक्सन फर्नेसको समेत प्रयोग गर्ने रिपोर्टमा उल्लेख छ।

    jay.JPG

    उद्योगले अहिले रहेको २४ करोड ८० लाख रूपैयाँ लगानीलाई बढाएर १० अर्ब पुर्‍याउने भएको छ। उद्योगले वार्षिक सञ्चालन नाफा मात्रै १ अर्ब ६६ करोड ५६ लाख रुपैयाँभन्दा बढी हुने प्रक्षेपण गरेको छ। 

    उद्योगले आफ्नो उत्पादनबाट ५३ अर्ब ७० करोड रुपैयाँको व्यापार गर्ने लक्ष्य लिएको छ। रिपोर्टमा उद्योगको वार्षिक खर्च ५१ अर्ब ६२ करोड हुने अनुमान गरेको छ। उद्योगले अहिले ब्लेट ल्याएर डण्डी उत्पादन गरिरहेकोमा अब लगानी विस्तारपछि स्पञ्ज आइरन नै ल्याएर उत्पादन गर्ने भएको छ।

    जय अम्बे स्टिल्स २०७५ सालदेखि सञ्चालनमा रहेको छ। उद्योगले वार्षिक ३ लाख ५० हजार टन एमएस रोड (टीएमटी) उत्पादन गर्ने लक्ष्य लिएको छ। यसैगरी च्यानल, एंगल, स्वायर, फ्ल्याट र स्ट्रिप १ लाख टन, एमएस बिलेट ३ लाख टन, छड २४ हजार टन, बाइन्डिङ वायर १२ हजार टन, जीआई वायर १८ हजार टन, ग्याविन बक्स २४ हजार टन र एमएस वायर ४० हजार टन उत्पादन गर्ने लक्ष्य लिएको छ।

    उद्योगमा ५ सय जनाले रोजगारी पाउने छन्। उद्योग वर्षमा ३ सय ३० दिन सञ्चालन हुने र ६० हजार केभीए बिजुली खपत हुने रिपोर्टमा उल्लेख छ।

    उद्योगले प्रतिदिन ७० हजार लिटर पानी खपत गर्नेसमेत रिपोर्टमा उल्लेख छ। उद्योगले विद्युतको विकल्पमा ३ सेट जेनेरेटर प्रयोग गर्ने छ। उद्योगले वार्षिक करिब २३ लाख टन कच्चा पदार्थ खपत गर्ने छ।

    उद्योगमा कार्यालय, श्रमिक बस्नका लागि २ वटा क्वाटर, स्टाफ क्वाटर, उच्च अधिकारीका लागि अपार्टमेन्ट लगायतका संरचना थप हुने प्रस्ताव गरिएको छ। 

    अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपाने हुन्। ग्रुपले स्टिल उद्योगसँगै अम्बे सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टमा लगानी रहेको छ। रियल स्टेटमा  चाबहिलको अम्बे रेसिडेन्सी, कुलेश्वरको मेट्रो अपार्टमेन्ट निर्माण गरिसकेको छ। उसको ग्लोबल आइएमई बैंकमा समेत लगानी छ। 

    स्टिल उद्योगहरूको सूचीमा शीर्ष स्थानमा रहेको अम्बे स्टिल्सको भगिनी संस्था जय अम्बे स्टिल्स लिमिटडले सन् २०२२ मा ८ अर्ब ८२ लाख रूपैयाँ आम्दानी गरेको थियो। कम्पनीको आम्दानी सन् २०२१ को  तुलनामा ३५ प्रतिशत अर्थात् २ अर्ब १० करोड ५७ लाखले बढेर ८ अर्ब ८२ लाख पुगेको थियो।

    सञ्चालन आम्दानीमा वृद्धि भएसँगै कम्पनीको अर्मोटाइजेसन, डिप्रिसियसन, ब्याज र कर अघिको नाफा पनि वृद्धि भएको थियो। गत वर्ष सञ्चालन आम्दानीको ३.६ प्रतिशत रहेको उक्त नाफा सन् २०२२ मा ८.८ प्रतिशत पुगेको छ।

    2.JPG

    3.JPG

    कम्पनीले बिलेट रिहिटिङबाट रोलिङ गरी टिएमटी रड उत्पादन गर्दै आएको छ। बिलेट उत्पादनका लागि आवश्यक स्पोन्ज आइरन, स्क्राप, पिग आइरनलाई मेल्टिङ गरी बिलेट बनाइन्छ। अब उद्योगले यी वस्तु कच्चा पदार्थको रुपमा भित्राउने छ। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट