images

May 17 2024 | २०८१, जेठ ४ गते

घोराही सिमेन्टको ज्यादती रोकिएन: खानीदेखि बजारसम्म !

घोराही सिमेन्टको ज्यादती रोकिएन: खानीदेखि बजारसम्म !

 बल्लतल्ल ५ किलोमिटर उद्योगले बनाएको सडक पनि पाँच महीनासमेत टिकेन । स्थानीयहरुले बर्खामा दुईमहीना ट्रीपर नचलाउन आग्रह गर्दा समेत उद्योगले नटेर्दा चैतमा बनाएको सडकमा ठूलठूला खाल्डो परिसकेको छ । ज्यादती अहिलेसम्म रोकिएको छैन । गाउँपालिका अध्यक्ष पुनले ५ किमि सडक बनाएपनि गुणस्तरीय नभएको गुनासो गरे ।

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १७ २०८०
  • घोराही सिमेन्टको ज्यादती रोकिएन: खानीदेखि बजारसम्म !

    काठमाडौं । घोराही सिमेन्टको खानी भएको ठाउँ दाङको बंगलाचुली गाउँपालिका ३ र ४ मा पर्ने गोग्लीदेखि उद्योग भएको स्थान घोराही उपमहानगरपालिकाको ३५ किलोमिटर दुरीको सडकको दुरावस्थाले स्थानीय आजित भएका छन । 

    images
    images

    वातावरणीय असर एउटा पाटो छ भने सडक दुर्घटना बढेको बढ्यै छ । स्थानीय निकाय बंगलाचुली गाउँपालिका र स्वंयम अध्यक्ष तुल्सिराम पुन मगर समेतलाई विपक्षी बनाई अदालत पुगेको घोराही सिमेन्टले अन्ततः आफैँ मुद्दा फिर्ता लिएको थियो । 

    यसको कारण थियो, उक्त करिब ३५ किमि सडकखण्डको ५ किमि सडक उद्योगले पिच गरिदिनुपर्ने तर लामोसमयसम्म उद्योगले आलटाल निर्माण नगरेको कारण पहिले खानी संचालनका लागि गाउँपालिकाले प्रतिबन्ध लगाएको थियो । बाध्यात्मक अवस्था आएपछि उद्योगले गत चैतमा पिच त ग-यो तर गुणस्तरमाथि प्रश्न उठेको छ भने उक्त बाटोमा ओभर स्पीड, ओभर लोडका ट्रीपर हाँक्दा सडक असुरक्षित बनेको छ ।

     बल्लतल्ल ५ किलोमिटर उद्योगले बनाएको सडक पनि पाँच महीनासमेत टिकेन । स्थानीयहरुले बर्खामा दुईमहीना ट्रीपर नचलाउन आग्रह गर्दा समेत उद्योगले नटेर्दा गत चैतमा बनाएको सडकमा ठूलठूला खाल्डो परिसकेको छ । ज्यादती अहिलेसम्म रोकिएको छैन । गाउँपालिका अध्यक्ष पुनले ५ किमि सडक बनाएपनि गुणस्तरीय नभएको गुनासो गरे ।

    eh-gorahi.jpg

    खानी क्षेत्रमा मनोमानी ढंगले ढुंगा उत्खनन गर्दा त्यहाँको वातवरणीय प्रभाव प्रतिकुल बनेको छ नै यसको अलवा टाइमकार्ड लागू गरिएको उक्त सडकखण्डमा उद्योगले मनोमानी ढंगले ट्रीपर गुडाएको छ । अधिक भारबहनसहित तीव्र गतिमा ट्रीपर गुडाइदाँ बर्सेनी दुर्घटना बढेको बढ्यै छ । 

    हालै घोराही सिमेन्टको रा १ ख २२८४ ट्रीपर चालक प्रदिप श्रेष्ठले लाइसेन्स नभएका सहचालकलाई चलाउन दिएको कारण गत भदौ ११ मा युवराज अधिकारी सबार मोटरसाईकललाई सोही सडकमा ठक्कर दिएको थियो, जसका कारण अधिकारीको टाउको र खुट्टामा गम्भीर चोट लाग्यो भने उनी सबार मोटरसाईकल पनि पूर्ण रुपमा क्षति भयो ।

    अहिले अधिकारीको परिवार न्यायका लागि हारगुहार गरिरहेको छ । परिवारले घोराही सिमेन्ट समक्ष दीर्घकालसम्म उपाचार बोहोर्नुपर्ने, नयाँ मोटरसाईकल उपलव्ध गराउनुपर्ने माग राखेका छन । यही विषयमा छलफल गर्न इलाका प्रहरी चौकी कमिरेचौरमा उद्योग, स्थानीय प्रशासन, प्रहरी, पीडित पक्षबीच वार्ता हुन लागेको इलाका प्रहरी कार्यालयका इन्चार्ज सहदेव योगीले बताए ।

    यसअघि पनि सडकमा घोराही सिमेन्टका टिपरको लापरबाहीका कारण स्थानीय ठाकुरप्रसाद महराले अकालमै ज्यान गुमाएका थिए । सो सडकखण्डमा अनियन्त्रित तवरले ट्रीपर चल्दा मान्छेको मात्रै होइन दर्जनौँ अबोध पशु चौपायाको समेत ज्यान गएको स्थानीय बताउछन । त्यो सडकमा अहिले दैनिक डेढ/दुई सयको हाराहारीमा घोराही सिमेन्टकै ट्रीपर गुड्ने गरेका छन ।

    घोराही सिमेन्टका जनसम्पर्क अधिकृत अमर सुवेदीले भने आफ्नो उद्योगले भाडाको ट्रीपर प्रयोग गरेकाले त्यसको जिम्मेबारी सम्बन्धित समिति वा गाडीधनी हुने बताए । ‘हाम्रो उद्योगको ट्रीपर होइन, भाडामा लिएको सवारी भएकाले हाम्रो कुनै जिम्मेबारी छैन,’ उनले बताए । घोराही सिमेन्टले उद्योग र खानी संचालन गरेपनि भाडाका ट्रीपर प्रयोग गर्ने गरेको कारण देखाउँदै आफू भने पन्छिदै आएको छ । 

    उद्योगको लाइसेन्स तथा अनुगमन गर्ने निकाय खानी तथा भुर्गभ विभागले पनि राम्रोसँग अनुगमन नगर्दा कति अनुमती लिएर कति परिमाणमा उत्खनन् गर्न पाउने हो ? यकिन तथ्यांक छैन । खानी विभागका अनुगमन प्रमुख नारायण बाँस्कोटाले बैशाख ११ मा खानी क्षेत्रको अनुगमन गरिएको बताए । उसले विश्वकर्मा माइन्सको नाममा खानी क्षेत्रबाट उत्खनन् गरिरहेको छ । 

    उनका अनुसार खानी उद्योग क्षेत्रबाट त्यतिबेला अनुगमन गर्दा अलिकति भासिएको, माटो खसेको देखिएको थियो । पहिला बाटो पिच नगरेको भन्दै स्थानीयले उजुरी गरेपछि खानी उत्खनन् गर्न बन्द गरिएको थियो । अहिले उत्खनन् चलिरहेकाले मासिक रिपोर्ट मगाएर खानी क्षेत्रको अनुगमनको तयारी भएको उनले बताएका छन ।

    हाल घाेराही सिमेन्टले सगरमाथा ब्राण्डमा आफ्नाे प्राेडक्ट बजारमा ल्याइरहेकाे छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट