images

May 17 2024 | २०८१, जेठ ४ गते

अहिलेसम्म-भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा कस्ले कति राहत घोषँणा गरे? (भिडियोसहित)

अहिलेसम्म-भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा कस्ले कति राहत घोषँणा गरे? (भिडियोसहित)

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २० २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २० २०८०
  • अहिलेसम्म-भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा कस्ले कति राहत घोषँणा गरे? (भिडियोसहित)

    काठमाडौँ ।  १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि मृत्यु हुनेको संख्या १५७ पुगेको छ, भने ३७५ जना घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार जाजरकोटमा १०५ जना र छिमेकी जिल्ला रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह ठकुरीको पनि मृत्यु भएको छ। 

    images
    images

    प्रारम्भिक अनुमानमा ३ हजारदेखि ३५ सयसम्म घरमा भूकम्पले क्षति पुर्याएको छ। आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानोभेरी गाउँपालिका र मुसिकोट गाउँपालिकामा भूकम्पले बढी क्षति पुर्याएको छ। आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानोभेरी गाउँपालिका र मुसिकोट गाउँपालिकामा भूकम्पले बढी क्षति पुर्याएको छ।

    सामान्य घाइतेहरुको उपचार स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरुलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगञ्ज ल्याइएको छ। काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ८ जनाको उपचार भइरहेको छ।

    भत्केका तीन हजार बढी घरमध्ये रूकुम पश्चिममा २ हजारदेखि २५ सय र जाजरकोटमा लगभग एक हजार छन्। भूकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिकामा धेरै घर भत्किएका छन्। तर, त्यहाँ मानवीय क्षति भने भएको छैन। 
    यो कन्टेन्ट तयार पार्दासम्म रुकुम पश्चिम र जाजरकोट भुकम्प पिडितको लागि सरकार,निजीक्षेत्र,गैर्हसरकारी सस्था, बैदेशिक दाताहरु  लागयतले घोषणा गरेका सहयोग प्रभावित ठाउँमा कतिछिटो पुग्दैछ त ? यो चासोको बिषय हो।

    ठूलो भूकम्पपछि लगातार परकम्प गइरहेका कारण स्थानीय त्रासमा छन्। उनीहरुले शुक्रबारको रात बाहिरै बिताएका थिए । शनिबार राति पनि घरभित्र फर्किने स्थिति थिएन। धेरैजसो घर कच्ची भएकाले बस्न मिल्ने अवस्था देखिदैन।  चिसो बढिसकेकाले उनीहरुलाई झन् समस्या भएको छ। 

    शनिवार प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्रीले उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गरेका छन्। घाइतेहरूको तत्काल उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई परिचालन गरिएको उनले जनाएका छन्। प्रभावित क्षेत्रहरूमा तत्कालका लागि त्रिपाल, म्याट, लत्ताकपडा, खाद्यान्न र पकाउने भाँडा पठाउने व्यवस्था मिलाइएको छ। अहिले केही स्थानमा हेलिकप्टर र ट्रकबाट राहत सामग्री पठाइएको छ।

    सरकारले भूकम्प प्रभावित पश्चिम रुकुम पश्चिम र जाजरकोटमा खोज-उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा ५-५ करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । 

    गृह मन्त्रालयका अनुसार खोज-उद्धार र राहत व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका संयन्त्र खटिएका छन्। 

    नेपाल प्रहरीले भूकम्प प्रभावितको नाममा अवाञ्छित गतिविधि र ठगी हुन सक्ने भएकाले निश्चित गरेर मात्रै सहयोग गर्न अनुरोध गरेको छ। भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघसंस्था आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्न अनुरोध गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताएका छन् । 

    सहयोग जुट्नेक्रम जारी छ। लुम्बिनी प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बागमती प्रदेशले पनि एक करोड ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। सुदूरश्चिम प्रदेशले तत्कालका लागि जाजरकोट र रुकुम जिल्लालाई एक  करोड रुपैयाँ राहत गर्ने निर्णय गरेको छ।

    बुद्ध एयरले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषण गरेको छ। सिटिजन्स बैंकले पनि भूकम्प प्रभावित क्षेत्रका पीडितका लागि २५ लाख रूपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ, जाजरकोट र रूकुम पश्चिम भूकम्प पिडितलाई नबिल बैंकले पनि एक करोड सहयोग गरेको छ ।  

    गैरआवासीय नेपाली संघले एक करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गर्ने घोषणा गरेको छ।आरके शर्मा समूहले २१ लाख रुपैयाँ सरकारको राहत कोषमा दिने बताएको छ। आइएमई समुहले जाजरकोट भुकम्प प्रभावितलाई डेढ करोड सहायोग घोषणा गरेको छ। नेकपा (एकीकृत समाजवादी) पार्टीले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रू २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । 

    एनसेल आजियाटाले पनि भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि तत्काल ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। एनसेलले प्रभावित जिल्ला जाजरकोट र रुकुमका ग्राहकलाई ४० लाख ब्यालेन्स बराबरको सेवा पनि निःशुल्क उपलब्ध गराउने भनेको छ। 

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै नेपाललाई सबै सहयोग गर्न भारत सरकार तयार रहेको ट्वीटरमार्फत जनाएका छन्। नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भूकम्प प्रभावितका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने बताएका छन्। यसैगरी अमेरिकी सरकारले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट